सांसदहरुको तलब भत्ता वृद्धिको विरोधमा विद्यार्थीहरुले आन्दोलन गर्ने
काठमाडौं, ७ मंसिर ।
सांसदहरुको तलब भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने बताएका छन् । आन्दोलनको स्वरुप तय गर्न अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा विद्यार्थी संघ संगठनहरुको संयुक्त बैठक बस्दै छ ।
यसैगरी अखिल (क्रान्तिकारी)का महासचिव दीपेन्द्र चलाउनेले आफ्नो तलब सुबिधा आफैले बढाउने निर्णय गरेर सांसदहरुले नैतिकता गुमाएको टिप्पणी गरे ।
भूकम्पपीडित सुरक्षित बास नपाएर पीडामा बाँचिरहेका बेला जनताका प्रतिनिधि भनिएका सांसदहरुले मोजमस्ती गर्न खोजेकाले आन्दोलनमा जाने उनले बताए ।
‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पास गरेको थियो ।
‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पास गरेको थियो ।
यससँगै सांसदहरुले गत साउन महिनादेखि लागू हुने गरी मासिक एक लाख बढी तलब भत्ता बुझ्नेछन् । आफ्नो तलब आफै बढाउने निर्णय गरेपछि सांसदहरुको सर्बत्र आलोचना भइरहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...