आन्दोलनमा उत्रिए रोल्पालीहरु, प्रदेश नटुक्र्याउन माग



  • रोल्पा, १३ मङ्सिर । 

संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आज आधा दिन जिल्ला बन्द गरेका छन् ।

यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ सकेका छन् ।

सोमबार बिहानैदेखि रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन गुडेका छैनन् भने बजार, होटल,विद्यालय र उद्योगधन्दा पनि ठप्प रहेका छन् । 

रोल्पालाई टुक्र्याउन नदिन सप्ताहव्यापी आन्दोलन गरिएको अखण्ड ५ नम्बर प्रदेश सरोकार समितिका सदस्य सचिव महेश न्यौपाने बताए । 

आन्दोलनकारीको माग नसुनी जबर्जस्ती गर्न खोजिए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने सरोकार समितिले बताएको छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...