सांसद भक्तिप्रसाद पाण्डेको निधन

काठमाडौँ २९ कात्तिक ।

माओवादी केन्द्रका नेता तथा सांसद भक्तिप्रसाद पाण्डेको निधन भएको छ । नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा एक वर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको आज विहान निधन भएको हो ।

अर्घाखाँचीको अर्घातोष– ५ मा २०११ पुस ५ मा जन्मिएका पाण्डे माओवादी आन्दोलनका चर्चित नेता हुन् ।

विद्रोही स्वाभावका पाण्डेले २०२७ सालमा पुष्पलाल समूहको सदस्यता लिएर कम्युनिस्ट राजनीतिको राजनीति सुरु गरेका थिए ।

माओवादी केन्द्रभित्र इमान्दार र निडर नेताका रूपमा परिचित पाण्डेका एक छोरा, दुई छोरी र श्रीमती छन् ।

माओवादी केन्द्रले श्रद्धाञ्जलीका लागि पाण्डेको पार्थिव शरीर मंगलबार विहान ९ देखि ११ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राख्ने बताएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...