ललितपुरका विभिन्न क्षेत्रमा आज र भोली बिजुली नआउने

काठमाडौं, १३ मंसिर । 

ललितपुरका विभिन्न क्षेत्रमा आज र भोली विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रका अनुसार ललितपुरका पाटन मंगलबजार, च्यासल, प्रयागपोखरी क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने भएको हो ।

सोमबार र मंगलबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उक्त क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिरणले जनाएको छ । तोकिएको समयभन्दा अघिपछि पनि विद्युत आपूर्ति बन्द हुनसक्ने प्राधिकरणले जनाएको छ ।

एसियाली विकाश बैंकको सहयोगमा ती क्षेत्रका ११ केभी विद्युत लाइन सुधार गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द हुने भएको हो ।

त्यस्तै कलंकी–नागढुंङगा सडक क्षेत्रका विभिन्न क्षेत्रको विद्युत पनि आज अवरुद्ध हुने विद्युत प्राधिकरणले जनाएको छ ।बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कलंकीबाट स्यूचाटार जाने दोबाटो, ढुंगे अड्डा, नयाँ नैकाप, बलम्बु, दूरसञ्चार, गुर्जुधारा एरियाहरुमा विद्युत अवरुद्ध हुने छ ।

कलंकी नागढुंगा सडक विस्तारका कारण विद्युत संरचनाहरु सार्नुपर्ने भएका कारण विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...