चीन र रुसी राष्ट्रपतिसँग डोनाल्ड ट्रम्पको वार्ता: ‘नयाँ ढंगले सम्बन्ध सुधारौं’



  • काठमाडौं, ३० कात्तिक ।
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् ।

वार्ताको क्रममा दुवै नेताहरुले अमेरिका र रुसबीचको वर्तमान सम्बन्धप्रति असन्तुष्टी जनाउँदै नयाँ ढंगले अघि बढ्न तयार भएको रुसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति निर्वाचित भएकोमा ट्रम्पलाई बधाई दिँदै निर्वाचन अघि घोषणा गरेका चुनावी कायक्रम अघि बढाउन सुझाव दिएका छन् ।

साथै निकट भविष्यमै दुई नेताबीच भेटघाटको व्यवस्था मिलाएर संयुक्त रुपले अघि बढ्ने सहमति भएको समेत क्रेमलिनको दाबी छ ।यसअघि ट्रम्पले सोमबार नै चिनियाँ राष्ट्रपति सि जिनपिङसँग पनि टेलीफोन वार्ता गरेका थिए ।

सो क्रममा चिनियाँ राष्ट्रपति सि ले अमेरिका र चीनबीचको सम्बन्ध सुधार गर्ने एउटा मात्रै विकल्प सहकार्य भएको बताएका थिए । (एजेन्सी)

, ,

प्रतिकृया दिनुहोस्

Loading...