एकैदिन १ हजार ३ सयले महंगियो सुन
- काठमाडौं, २४ कात्तिक।
बुधबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ ।
मंगलबार प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ हजार ३ सय रुपैयाँले बढेर ५८ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको प्रतितोला मूल्य ५७ हजार ९ सय ५० रुपैयाँमा खरिद बिक्री भएको छ ।
अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा देखिएको जनमतका कारण डलरको भाउ घट्दा सुनको मूल्य अन्तराष्ट्रिय बजारमै महंगो भएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...