१० करोडले घट्यो सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकको कमाई 

  • काठमाडौं, ४ मंसिर । 
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको कमाई १० करोडले घटेको छ। 

पहिलो तीन महिनाको कमाई खस्किएपछि गत आर्थिक बर्षको यस अवधिमा ६० करोड ३९ लाख खुद मुनाफा रहेको बैंकको कमाई यस अवधिमा ५० करोड ८ लाखमा सिमित भएपछि हुन् पुगेको हो ।

तर बैंकको निक्षेप तथा कर्जा बिस्तारमा भने सामान्य सुधार आएको छ। यस अवधिमा बैंकले १ खर्ब ४६ अर्ब निक्षेप संकलन गरि ८५ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ बैंकका उच्च तहका कर्मचारीहरुले बताएका छन्। गत आर्थिक बर्षको यस अवधिमा बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरि ७४ अर्ब ६९ करोड कर्जा परिचालन गरेको थियो।

यस्तै बैंकको खुद मुनाफा समेत १० करोडले ओरालो लागेको छ। यस अवधिमा बैंकले १ अर्ब २९ करोड खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ६० करोड संचालन आम्दानी गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ५० करोड खुद ब्याज आम्दानी तथा १ अर्ब ७३ करोड संचालन आम्दानी गरेको थियो।

निक्षेप तथा कर्जा बिस्तारमा सामान्य सुधार गरेको बैंकले यस अवधिमा निष्क्रिय कर्जामा सामन्य सुधार गरेको छ। खराब कर्जा ३ दशमलब ५१ प्रतिशतबाट ३ दशमलब ३० प्रतिशतमा झरेको छ। त्यस्तै बैंकले १० करोड खराब कर्जा उठाउन सफल भएको छ। जसले नाफा बढाउन मदत पुगेको छ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...