संविधान संसोधनकोे विधयक भारतीय इसारमा दर्ता : चित्रबहादुर केसी


  • काठमाडौं १५ मंसिर ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा दर्ता गरेको संविधान संसोधनकोे विधयक भारतीय विस्तारबादीको इसारमा दर्ता भएको बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै केसीले तराइलाई पहाडबाट अलग गर्ने र अन्तत सिकिमीकरण गर्ने उद्देश्यअनुरुप नै भारतले नयाँ सरकारको सेटिङ मिलाएको आरोप लगाए ।

‘केपी ओली सरकार विस्तापित गरेर आफ्नो एजेण्डा लागु गर्ने सर्तमा देउवा र प्रचण्डको समीकरण भारतले नै मिलाएको हो ।' केसीले भने ।

बहुराष्ट्रबादको नाममा देशलाई टुक्राएर सिकिमीकरण गर्नका लागि भारतले नयाँ लेण्डुव दोर्जेहरु खोजिरहेको उनको आरोप थियो । उनले संघियता नै देशको लागि क्यानसर भएको भन्दै सचेत रहन उनले सबैसँग आग्रह गरेका छन् ।

मदेशी दलहरु नेपाललाई सिकिमिकरण गर्न भारतको खेताला मात्रै भएको उनको आरोप थियो । केसीले सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पारित हुन नदिन सम्पुर्ण राष्ट्रबादी शक्तिहरु एकजुट हुनुपर्ने बताए ।

राष्ट्रिय जनमोर्जाले संघियताको विपक्षमा संसोधन प्रस्ताव दर्ता गर्ने जानकारी दिए । कुनै पनि हालतमा सरकारले ल्याएको प्रस्ताव पारीत हुन दिन नदिने बताए ।

आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदहरुले मात्रै सरकारले ल्याएको संसोधनको प्रस्तावको पक्षमा मतदान गर्ने केसीले आरोप लगाए ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...