सामाजिक सञ्जालमा एकाएक चर्चामा अाएकी नेपाली युवती को हुन् ?

यतीबेला माइक्रो–ब्लगिङ्ग साइट ट्विटरमा एक नेपाली युवतीको तस्बिर छाएको छ । उनका दुई वटा तस्बिर निकै चर्चित बनेका छन् ।
एउटा तस्बिर तरकारी बोकेर झोलुङगे पुल पार गर्द गरेको भने उनी मोबाइलमा कसैसँग कुरा गर्दै गरेको देखिन्छ ।
उनका ती दुई सुन्दर तस्बिर चार महिना अगाडि फोटोग्राफर रुपचन्द्र महर्जनले खिचेका थिए । फोटोग्राफर महर्जनले तस्बिर फेसबुकमा पोस्ट गरेपछि एकाएक एकाएक भाइरल हुन पुगेका थिए ।
ख्याल ठट्टामै खिचिएका तस्बिरहरु यसरी सामाजिक सञ्चालमा छाउँछ भन्ने उनलाई समेत थाहा थिएन । यी तस्बिर गोरखा र चितवनको बिचमा पर्ने फिस्लिङ झोलुंगे फुलमा खिचिएको हो ।
नेपालमा मात्रै नभएर उनको तस्बिर भारतीय मिडियामा पनि छायो । बीबीसि हिन्दलेसमेतको उनको तस्बिरसहितको समाचार प्रकासित गर्यो । उनको सलपलना सुन्दर अनुहारका कारण हिन्दूस्तान टाइम्सले उनलाई आर्दश युवतीको उपमा दिएको छ ।
उनका तस्बिर सामाजिक सञ्जालमा छाउन थालेपछि सबैको ध्यान उनी तर्फ नै खिचिएको छ । भारत र नेपालमा तरकारीवाली नाम दिएर ह्यासट्याग धेरै भए । तरकारीवाली युवती को हुन् ? सबै सामु एउटा प्रश्न रहिरह्यो ।
तरकारीवाली अर्थात कुशुमको घर गोरखा भएपनि उनी ब्यवस्थापन संकायमा कक्षा ११ मा अध्ययनरत छिन् । उनी बाबु चन्द्र नारायण श्रेष्ठ र आमा ज्ञानु श्रेष्ठकी एक्ली छोरी हुन् । उनली फुर्सदको समयमा आफ्ना परिवारलाई सघाउने गरेको गर्दछिन् ।

केही समय अगाडि यस्तै एउटा तस्बिर भाइरल भएको थियो । निलो आँखा भएका पाकिस्तानी चियावालाको तस्बिर भाइरल भएको थियो ।
भारतीय मिडियाहरुले उनको बिषयमा खबर आएपछि उनी विश्वभर नै छाएका थिए । त्यसपछि उनको भाग्य खुल्यो । उनी रातारात चियावालबाट मोडेल बनेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...