स्वास्थ्य संस्थाले बेलुका ५ बजेसम्म सेवा नदिए सरकारले कारवाही गर्ने

काठमाडौं, ४ मंसिर । 
सरकारले सबै अस्पताल तथा स्वास्थ्य संस्थामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा दिए नदिएको बारेमा अनुगमन गर्ने जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा सार्वजनिक बिदाको दिन बाहेक बिहान १० बजेदेखि ५ बजेसम्म सेवा दिए नदिएकोबारे कडाइका साथ अनुमगन गर्ने बताएको हो ।
मन्त्रालयले बहिरंग अर्थात ओपिडीसँगै अरु स्वास्थ्य सेवा ५ बजेसम्म उपलब्ध गराउन यसअघि नै सबैलाई निर्देशन दिएको थियो । कात्तिक १५ देखि माघ १५ गतेसम्म भने बेलुकी ४ बजेसम्म सेवा दिनुपर्ने मन्त्रालयले जनाएको छ ।
तोकिएको समयसम्म सेवा नदिए सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको ho । आफू नजिकैको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकीमा तोकिएको समयमा काम नभए स्वास्थ्य मन्त्रालयमा सूचना दिन मन्त्रालयले नागरिकलाई आग्रह समेत गरेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...