उज्याला देखिने जूनका किरणहरुसँगै अधेरीले छोपेका ती बिबश मनहरु...
- काठमाडौं, १४ मंसिर ।
समय पनि कस्तो-कस्तो अपत्यारिलो र अत्यास लाग्ने गरि जीवनका रङ्गहरु सँगै घुमिरहेको हुन्छ । इतिहास भनु , मैले नै रचना गरेका पानाहरु बर्तमानको हावाले फरफर्ती पल्टाउछ । र उसै गरि उही अवस्थामा उभ्याएर एक छिन भावविभल बनाउछ ।
बर्तमान भनु खुसिले नाचेका ती स्तब्ध मनहरुलाइ हासोका मुस्कानहरु ओठको डिलमा पल्टिन नपाउदै बियोगका ती वियोगान्त कथाले जीवनलाई हसाउन मानिरहेको छैन । अझ यस्तो लाग्छ, मेरो देश र मैले रचना गरेको बिगत फगतमै फिक्का हुन लागेका त छैनन् ?
यस्तै - यस्तै मेरा आफ्नै ऐच्छिक प्रश्नहरुले गरि फेरि उही अवस्थामा बाध्यात्मक परिस्थितिले उभ्याइ दिन्छ । उ बेला यस्तो लागेको थिएन, ती दिनका दैनिकीले मेरो ब्याक्तिगत जीवनमा यति महत्त्व बोध गराउछ भनेर । किन कि म जानी जानी मृत्युसँग अङ्गालमाल गर्न तम्सिएको थिए म सबै थोक को भरिपुर्ण थिए । र सबै थोक थियो ।
माया ,प्रेम,हार्दिकता,नैतिकता ,सिष्टता,इमानदारीता,लगनशिलता, अनि दुरदर्शिता । यी सबै चिजले मेरो जीवनलाई ज्युने ठूलो राजमार्ग कोरिदिएका थिए । तर एउटा चिजको अभावमा म बाचिरहेको थिए । र अहिले पनि त्यही अबस्थामा उभिएर बाचिरहेको छु । जुन चिज म चाहेर पनि अहिले फेरि आर्जन गरेर फर्काउन सक्ने अबस्थामा छैन ।
जसले गर्दा मलाई ब्याक्तिगत जीवनको कुनै मोह नै हुदैन । त्यो चिज थियो, मैले आफुले आफैलाइ जितेर भौतिक जीवनको माया मारी देश, जनता र राष्ट्रको निम्ति मृत्यु स्वीकार गरेर ब्याक्तिगत जीवनको माया मार्नु । ब्याक्तिगत जीवनको माया मार्नुमा मैले कहिल्यै पछुतो ठानिन र ठानिरहेको पनि छैन ।
बरु यसले झन जीवनलाई स्पात बनाउन उर्जा थपेको महसुस गरिरहेको छु । ती दिन र ती रातका सपनाहरूले अझैसम्म ढुक्कसँग रात कटाउन दिइरहेका छैनन् । जब उज्यालो माथी रातले आफ्नो कालो अस्पष्ठ सम्बन्धले राज जमाउन सुरु गर्छ । अनि मेरो मनले नमानी , नमानी उज्यालो खोसिएको झोकमा रात सँगको सम्बन्धमा जब म बाधिन बाध्य हुन्छु अनि म निदाउन सकिरहेको छैन ।
प्रत्येक प्रहरमा ती सपनाहरू ऐठन बनी जब बल्झिन थाल्छन् अनि म ती सम्बन्ध र सपनाहरू को खोजीमा अर्ध चेत मै भौतारिन पुग्छु । यो कस्तो बर्तमान ? प्रत्येक दिनको ताजा अनुभुतीहरु लेखेर कति डायरी भरेको थिए । ती सबै डायरी कैयौ पटक दुस्मन बाट खोसिएका छन् । धौ-धौ बचाएको रणनैतिक प्रत्याक्रमणको दोस्रो योजनाको दैनिकी डायरी अहिलेसम्म शुरक्षित राख्न सकेको छु ।
त्यस भित्रमा लेखिएको मेरो बिगत हामीले ल्याउन खोजेको बर्तमान कस्तो आकाश र जमिन जत्तिकै फरक भैसकेको रहेछन् । अब त यस्तो पनि लाग्छ आफैले भोगेको बिगत र भोग्न बाकी भबिश्य अनि भोग्न खोजिरहेको बर्तमान प्रती इँगित गर्दै लेख्न मन लाग्छ ।
ए ... बिगत कित तिमी मैले हारेको भन या जितेको ! बर्तमान तिमी पनि मन नदुखाइ भनिदेउ लड्ने छु भन या आराम लिइरहेको छु । भबिश्य सँग त लक्ष्य हुन्छ । उसले निश्चित बिन्दु देखाइदिने हो । म भविष्यप्रति कुनै गुनासो गर्दिन । यी सबै - सबै बालुवामा पानी हाले जत्तिकै भएका छन् ।
खाली चिसोको राप मात्र देखिन्छ तर त्यहा कुनै ताप देखिन्न ! न त पानी नै देखिन्छ यो कस्तो अपत्यारिलो बिगत यो कस्तो अविश्वासको बर्तमान र कल्पनै कल्पनाले भरिएको भविष्यमाथी नाचिरहने म दोसि हो वा मलाई नचाउने लाउने संगितकार ,गितकार , र बाध्यबादन बजाउने दोसि हुन् ? यसमा म अझै टोलाएकै छु ।
डायरीमा रङ्ग्याएको मेरो बिगत अझ पनि उसै गरि नाचिरहेको देख्छु । कस्तो अहम र आबेगात्मक थिए त्यो बेला बर्गिए दुस्मनसँगका हाम्रो सम्बन्ध हरु । आखिर क्रान्ति हाम्रो देशको निम्ति देश भित्र गरिरहेको थियौ ।
डायरीमा रङ्ग्याएको मेरो बिगत अझ पनि उसै गरि नाचिरहेको देख्छु । कस्तो अहम र आबेगात्मक थिए त्यो बेला बर्गिए दुस्मनसँगका हाम्रो सम्बन्ध हरु । आखिर क्रान्ति हाम्रो देशको निम्ति देश भित्र गरिरहेको थियौ ।
शाहास यति फराकिलो हिसाबले चौडा हुँदै थियो । विश्व साम्राज्यवाद र प्रतिक्रान्ती गद्दारहरुसँग लड्ने महान अठोट थियो । शिक्षा कम्युनिस्ट अन्तर्राष्ट्रिय आन्दोलनसँगको थियो । मैले धेरै बुझे या मलाई धेरै बुझाइयो । यो सबै बिगतको भोगाई थियो ।
मन मनै धेरै प्रश्न गरिरहेको छु । क.चेले जुन देशमा जन्मे उहीँ देशमा मात्रै क्रान्ति गरेका थिएनन् । उनले संसारबाट साम्राज्यवादलाइ परास्त गर्ने अभियान चलाएका थिए । क.माक्स ,एङ्गेल्स,लेनिन,स्टालिन, र माओहरु साम्राज्यवाद सितको भयानक लडाइँमा दुस्साहस पुर्बक लडाइ लडेर उनिहरुलाई पराजित पारेरै छोडे । हार्न मानेनन् ।
साम्राज्यवादको काखमा हुर्किएको देश क्युवा जहाँ क. फिडेलले साम्राज्यवादको पन्जाबाट आफ्नो देश मुक्त बनाएरै छोडे । मृत्यु बाट हार्न मानेनन् आज फेरि एक युग पुरुषको अभावमा साम्यबादी सपनाहरूसँग हामीले आफ्नो भौतिक जीवन समर्पित गरिरहेकै छौ । यो इतिहासले दिएको अभिभारा सम्झिरहेको बर्तमान ले किन ?
कम्युनिस्ट हुँ भन्नेहरुलाई बिगतले घच्घच्याइ रहेको छैन ? यात्रा पनि कस्तो-कस्तो जीवन भने ठिक यात्राको उल्टो देखिने रहेछ । मैले जब कम्युनिस्ट राजनितीको स्कुल सुरु गरे अनि सोचाइ र भोगाइमा जीवन धेरै अन्तर ठानिरहेको छु ।
बर्ग विभेद समाज भित्रको शुरूवाती क्रान्ति बर्ग समान नहुन्जेल निरन्तर जारी नै रहन्छ । तर निस्वार्थ भावना नभएका हरुले क्रान्तीको आडम्बरी गफ दिएर कोमल मनहरुमाथी र सहिदहरुको सालिकसँग आफ्नो जीवन रक्षाको निम्ति जोड घटाउ गरि रहेको देख्दा मन कटक्क दुखेर घरी घरी गला अबरुद्ध हुन पुग्छ ।
क्रान्तिको रणसंग्राममा अजम्बरी सपनाहरूसँग खेली रहदा एउटा कसम खाएको थिए । क. माओले युद्ध पछाडीका दिनहरुमा हुनान प्रान्त लाई जसरी हराबरा र गतिशील बनाए हो ठिक त्यसैगरि मैले पनि मेरो देशलाई त्यस्तै हुनान प्रान्त जस्तै सुन्दर बनाउने संकल्प गरेको थिए ।
आज सबै संकल्प दैनिकी डायरीमा केरमेट मात्र गर्न सकेको छु । राइफल र गिटार हुने बेलाका ती दिनका सपनाहरू कहिले कसो सहयात्री बिच साट्न मात्र पाएको छु । अनेक थरिका अनेक बिम्बहरु छातीमा बुर्बुर्ती नाचिरहेका छन् । त्यो खपी नसक्नुको पीडा साचेर खुसी हराएर जुन अस्ताएको देशमा म आफू नै भौतारिन बिबश छु ।
जीवनको ठूलो हुटहुटीबाट म कैयौं पटक पछारिएको छु । गोलि ले छिया छिया पारेर अर्ध चेत भएको घाइते शरीर भन्दा खुसी र हासो खोसिएको मन लाई ओखतीको अभाव सधै खट्किने रहेछ । कहिले आफैलाइ पत्तो हुदैन कुन परिस्थितिसँग आज म आफै लुकामारी गरिरहेको छु ।
यो खुसी खोसिएको अर्ध चेत शरीरलाई खाडी मुलुकको सडक पेटिमा सुकाइ रहदा मेरा प्रियजनहरु कुन गीतको साङ्गेतिक आवाजमा स्वर भरिरहेका होलान् ? म एकै सुरमा सोचिरहेको छु । यो जून अस्ताएको देशवारि बाट ।
भोटी च्यातेर सिलाएको थियौ ती सातु बोक्ने थैलिहरु यात्राका कैयौ दिनहरु त ती सातुको साहारामा गुजारेका पलहरु अझै स्मृतिमा फिल्मी चक्का झै घुमिरहेका छन । परिस्थिति ठिक उल्टो भैदियो सातु बोक्ने ती थैलीहरु राम्रो सँग फाट्न नपाउदै यो सहरमा मन फाटेर चिरा चिरा भएका छन् । सफल क्रान्ति पछि हुने भयानक प्रतिक्रान्तीका ती अंशहरु यो सहरमा सहिदको रगतले बसेका डामहरु सुक्न बपाउदै अलौकिक हिसाबले फेरि जस्तै देखिएर ठिङ्ग उभिएका छन् ।
यी सबै- सबै दुर्भाग्यका क्षणहरु धौ- धौ ले काटिरहेको छु । मैले यो कहिल्यै सोचेरहेको थिइन सामाजिक अस्तित्व रक्षाका निम्ति खर्चको यो कलिलो जवानीलाई मेरो बाबाको जस्तै गरि बिदेशीको गुलामी गरि जीवन रक्षाको भिक माग्नु पर्छ भनेर ! र कहिल्यै यो पनि सोचिरहेको थिइन की आफ्नो शरीरको त्यो तातो पसिना बिदेशी भूमिको निम्ति खर्च गतिएला भनेर !
आज ठिक उल्टो संघर्षको सामना गरिरहेको यो जवानीलाई मेतो अन्तर मनले कैयौ पटक सोधिरहेको छ । यहाँ बग्ने पसिनाको धाराहरु मेरो देशमा बगिरहेको हुन्थ्यो भने आज मेरो देशको सान कति माथी चुलीमा पुगेको हुन्थ्यो होला ?
यस्तै - यस्तै कल्पनाले कहिलेकाही सिमा नागेको पत्तो नै हुदैन । कति सुन्दर र महत्त्वकाँक्षी सपनाहरू बुनिन थाल्छन् । खाडी मुलुक छिर्नु भन्दा अलि अगाडिका ती पलहरु सँगै जब काठमाडौको आकाशमा प्लेन आकाशिदै जान्छ अनि मन पनि उजाड मरुभूमि जस्तै सुख्खा हुँदै जान्छ । र सोचिन थाल्छन् देशमा भएको कुसंस्कार र कुसंस्कृती भित्र्याउने राष्ट्रघाती ती मनुवा हरु ।
कति आक्रोशका ज्वालामुखि हरु फुटेर आउछन् त्यो अनबरत रूपमा गति लिइरहेकै हुन्छ । मन ठेगानमा ल्याउन हम्मे - हम्मे पर्छ । यस्तो लाग्छ मेरो देश गुलामी जन्माउने कारखाना जस्तै छ ! यस्तै यस्तै मन भित्र का भावना भक्कानिन थाल्छन् ।
कसको रहर नहुदो हो कालो रातका विरुद्ध झ्याउकिरीसँगै उज्यालो खोजिको निम्ति कालो रात कटाएर आउने उज्यालोको प्रतीक्षाको प्रहर कुरिरहने ! यी सबै खुसी खोसिएको त्यो अतीतलाई बिर्साउने टहटह जुनेलिको प्रतीक्षाको घडी कुरेको पनि बर्सौ बितिसकेको रहेछ ।
यो बैमानी समयसँग कति पटज हडबडाउनु ? यहाँ मेरो देश जस्तो सुन्दरताले भरिएको देश मैले देखिरहेको छैन । यहाँ त खाली बनावटी सुन्दरताले झल्काउने प्रयास मात्र गरिएको छ । यहाँ मेरो देशमा चैत ,बैशाखमा गुन्जिने न्याउली र कोइलीका सुमधुर स्वरहरु गुन्जिरहेका छैनन् । यहाँ उत्तर आधुनिकतावादले भरिएका डिस्को र बार हरुमा बजाइने र्याप पप हालिमुहाली यो सहरमा मैले जुनजून उदाएको कहिल्यै देखेको छैन ।
खुसी बिनाका रहरमा बाचिरहेको सहरको कथा हो । जीवनका रहरहरुमा सहर पसेर बाचेका मनहरु भन्दा बिबशता ले बिल्सिएर बिदेशिएका मनहरुको पीडा झनै काहाली लाग्दो छ । मेरो देशमा यहाँ जत्तिकै श्रम को मुल्य र श्रमको सम्मान हुदो हो त आज नौ जवानहरुको पाखुरा समुन्द्र पारीको देशमा खिइदैन थिए होलान् ।
हामीले नै बनाएका बिकशित देशहरूमा हामिले नै जान दलालिकरण को बाटो रोज्नु पर्ने ? सगरमाथाको काखमा बसेर सोचेजस्तो सजिलो कहाँ हुन्छ र ! यहाँ त न खाना ,न बस्न ,र न सुत्न को ठेगान हुन्छ ? न त काम को नै ! यहाँको एक राष्ट्र नागरिकले पूरा गर्नु पर्ने वैधानिक कर्तव्य हामी नेपालीले अबैधानिक रूपमा पूरा गरिरहेका छौ ।
बाध्यता न त मेरो देशमा आँसुको मूल्य छ ! न त रगत पसिनाको मूल्य भेटिन्छ । यसैगरी पिल्सिएका मनहरुको यो आवाज सुख्खा खहरे खोलाको किनारमा बेचैनी बगरेहरुजस्तै देखिने मेरो देशका लख्खा नौ जवानहरु उज्यालो खोजिको निम्ति अध्यारो चिर्न हरपल लागि परेकै छन् । तर बाघका वीर हौ भन्नेहरुले पो साथ दिन मानिरहेका छैनन् ।
एउटा सुन्दर देशको असल नागरिक देशबाट श्रमको भाडामा निस्किन्छ अनि श्रम बेचेर आफ्नो ब्याक्तिगत जीवन धानन् पर्छ हो त्यही देशमा म जन्मेको छु । यहि देशमा जन्मेका राष्ट्रबादीहरु छाती पिटेर भनिरहेका छन् की नेपालले कयौं मुलुकलाई बिकसित गरिसक्यो ।
आफ्नो नेपाल आमाको पीडा नबुझ्ने यी श्रम बेचुवा नामर्दाहरुले लाज पचाएर बोल्ने हरुले एक पटक ती बेचिएका श्रमिकहरुको श्रमलाइ नजिक बाट हेर्न पाए मेरो देशको रुप केही बदलिने थियो कि ? कसको मन नहुदो हो उज्याला देखिने जूनका किरणहरुसँगै अधेरीले छोपेका ती बिबश मनहरुको सामीप्यता मिलाउने !
आज सबै सबै व्यर्थै खाडी मुलुकको पसिनासँग बगिरहेका छन् । मैले देखेको सुन्दर देश नेपालमा भ्रष्टहरुले रजाइँ गरि मेरो यो पुस्ताको छातीमा बुर्बुर्ती नाचिरहेका छन् । अब म कसरि खोजु हराएका ती जुनकीरीहरुलाई जुन हाराएको देश पारी बाट ? फेरि उसै गरि भगेरीका बगालहरु चिच्याउदै भन्छन् । हामी थाकेका छैनौ थाक्नेहरु थाकिरहेका छन् । हामी गकेका छैनौ गल्नेहरु गलिरहेका छन् ।
संघर्षशिल ती मनहरु सिमा पारी होस् या सिमा वारि साम्यवादि सपनाको आगनमा खुसिका पल साटिरहेका छन् । देश बनाउने यी पाखुरामा जून हराएको देशबाट सपनाको हाहाकारमा अमर मान्छेहरु नाचिरहेका छन् । दुखको भारी मनले दैनिकी गुजारा थामिरहेका छन् । अस्तु !
प्रतिकृया दिनुहोस्
Loading...