कविता : "घरवाली vs. तरकारिवाली"



भालेको डाक सङै
सयौं लिङेपिङ खेलिसकिन
खलेङ्गेको नाक जोतिने उकालो
हार्गोन्देको घरवाली ।

चाउरिएको गाला
मुजा परेको थोपडा
तुर्लुङ झुन्डिएको दुध
ओर्लिन्दो बैस
सुकेको ओठ
भाउ घटेको जवानि
सबै आफू सङगै राखेर
सयौ चाकाचुली गरिसकिन
खलङ्गे पहाड।

सयौ ढाकर ओसारीन
इस्कुस,तिते बि,फर्सिको गट्टा,
दुङ्दुङे साग,निगुरो,फुल कोपि
बन्दाकोपि,
टमाटर को त पहाड नै भो भन्थिन
हार्गोन्देको घरवालि।

आधा जीवन उसै बिताइन
तैपनी तरकारिवाली बनिनन
हार्गोन्देको घरवाली।

रङ्गिएनन अखबर ,
लेखेनन कुनै पत्रीका ले
फुटेका कुर्कुचा ,
च्यातिएको ढाकर
टागिएनन फेसबुकका
पाखामा चुपचित्र,
सोझिएनन क्यामेरा अर्ग्यानिक
ढाकरमा,
आखै अगाडि ढाकर बिसाएनि
खोजिरहे बैँस फुलेको टमाटरको
क्यारेट!

लिलिम!

प्रतिकृया दिनुहोस्

Loading...