ब्रोकाउली क्यान्सरको औषधि !



ब्रोकाउली खादा क्यान्सरजस्तो भयानक रोग पनि नियन्त्रण गर्न सकिने अध्ययनले देखाएको छ । ब्रोकाउलीको नियमित प्रयोगले क्यान्सर रोगबाट बच्न सकिने विभिन्न अध्ययनले देखाएका छन् ।
ब्रोकाउली खादा मात्रै होइन त्यसलाई शरीरको विभिन्न भागमा घस्दा पनि क्यासरबाट मुक्ति पाउन सकिने तथ्य पत्ता लागेको छ ।

अमेरिकाको एरिजोना क्यान्सर सेन्टर र जोन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अनुसन्धानले ब्रोकाउलीको सेवनले छालाको क्यान्सर नियन्त्रण गर्न सकिने तथ्य पत्ता लगाएका हुन् ।

अनुसन्धानका अनुसार शरीरको छालामा ब्रोकाउली घस्दा घामबाट डढेर हुने छालाको क्यान्सरको खतरा कम हुन्छ । ब्रोकाउलीमा हुने रसायनले छाला डढ्ने जोखिम कम गर्नुको साथै छालामा सुरक्षात्मक इन्जाइमको उत्सर्जनलाई पनि बढाउँछ ।

शोधकर्ता स्याली डिकिन्सनका अनुसार ब्रोकाउलीमा सल्फोराफेन भन्ने तत्व हुने भएकाले ब्रोकाउली सरीरमा रगड्दा त्यसले क्यान्सरको जोखिम कम गर्छ ।

सल्फोराफेन नामक रसायनले शरीरमा क्यान्सर कोषको सिर्जना हुने एपी वान नामक प्रतिक्रियालाई कम गर्ने तथा रसायनिक रुपमा शरीरलाई सुरक्षित राख्ने वंशाणुलाई समेत प्रवद्र्धन गर्छ ।

विकिरणहरुको कारण छालाको क्यान्सरको समस्या बढिरहेको समयमा ब्रोकाउलीको सेवनलाई प्राथमिकतामा राख्न पनि अनुसन्धताहरुले सुझाएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...