यी बहानाबाजीहरु मानिसका शत्रु हुन



स्वस्थ रहन सन्तुलित आहार, व्यायाम, ध्यान एवं योगको आवश्यकता पर्छ । फिटनेसको यो गुरुमन्त्र नारी–पुरुष दुवैका लागि समान रूपमा अनिवार्य छ । यद्यपि यिनलाई प्रयोग नगर्ने अनेक बहाना हुन्छन् । समय कहाँ छ र ?

महिलाहरूका लागि यो सबैभन्दा ठूलो बहाना हो । बिहान वाक–एक्ससाइज ? समय कहाँ छ र ? बालबालिकाहरूलाई स्कुल पठाउनुपर्छ, श्रीमानलाई अफिस फेरि घरको सबै काम पनि बिहानकै हो । महिलाहरू फोनमा लामो कुरा गर्न पछि पर्दैनन् । 

अभिभावकको मिटिङमा जानुपर्दा होस् वा श्रीमान्लाई एकाबिहानै ट्रिपमा जाने बेलामा वा कुनै इमरजेन्सीमा, उनीहरूको सबै बहाना सकिन्छ र उनीहरू घरको सबै काम भ्याएर बाहिर निस्कन्छन् । आफ्नो शरीरकै बलमा यी सम्पूर्ण काम गरिन्छ भने के आफ्नो त्यही शरीरका लागि आधा घन्टा समय निकाल्न सकिँदैन ?

एक्सरसाइज बोरिङ छ

दैनिक रूपमा एउटै पार्कमा जगिङ गर्नु, एकै खालको व्यायाम गर्नु बोरिङ हुनसक्छ । यो दिनचर्यामा परिवर्तन ल्याउनु आवश्यक छ । सातामा दुई–तीन दिन वाक गरौ । 

त्यसबाहेक ब्याड्मिन्टन, डान्सिङ, स्वीमिङ, योग, स्ट्रेचिङ, स्ट्रेन्थ ट्रेनिङ आदि थुप्रै विकल्प छन् । सातामा पाँच दिन कम्तीमा ६० मिनेट आफ्ना लागि समय निकालौं । दुई दिन आराम गर्नुपर्छ । जगिङ मन पर्दैन भने ब्रिस्क वाकिङ गर्नुपर्छ । ब्रिस्क वाकिङ पनि मन पर्दैन भने पैदल हिँड्ने बानी बसालौं ।

कम्मरमा पीडा

यो एकदमै चल्तीको बहाना हो । कम्मरमा पीडा हुनुको अर्थ हिँडडुल नै गर्न बन्द गर्नु होइन । यस्तोमा हेभी एक्सरसाइज वर्जित छ तर नर्मल रुटिनको काममा जान सकिन्छ । पैदल हिँड्नु सबैभन्दा सुरक्षित उपाय हो । यदि स्पाइनसित जोडिएको कुनै गम्भीर समस्या छैन भने सामान्य कम्मरको पीडामा पनि नियमित कामकाज गर्नुका साथै हल्का व्यायाम गर्न सकिन्छ ।

उमेरको प्रभाव

उमेर प्राय: बहाना बनाउने उपाय बन्छ । ४० वर्ष पुग्नेबित्तिकै अधिकांशलाई यो लोकको होइन परलोकको चिन्ता हुन थाल्छ । उमेरका सम्बन्धमा सोच्दा शरीरभन्दा बढी मन थाक्छ जुन राम्रो स्थिति होइन । हिँडडुल तथा सामान्य वर्क आउट गर्न शरीर कहिल्यै बूढो हुँदैन ।

एक्लै कसरी वाक गर्ने ?

एक्लै वाक वा जिम जाने कुरालाई बहाना बनाउनु पनि स्वस्थ जीवनशैलीबाट भाग्ने एउटा बहाना हो । श्रीमान्का साथमा वाक वा जिम जानु फाइदा र रमाइलो हुन्छ तर श्रीमान्सित समय छैन भने कुनै साथीसँग जाँदा पनि हुन्छ । साथीसित वाक वा एक्सरजाइज गर्दा समयको पत्तो हुँदैन र फिटनेस रुटिनका लागि केही समय निस्कन सक्छ ।

म मोटी छु

लाज महसुस हुन्छ, बाहिर निस्कन गाह्रो हुन्छ । यो ठूलो बहाना हो । आफ्नो मोटो शरीरलाई बहाना बनाउनुको अर्थ शरीरलाई अझ भद्दा बनाउनु हो । बढी फ्याट भए थकान पनि चाँडै महसुस हुन्छ । 

मोटोपन कम गर्न वर्क आउटका साथमा डाइटलाई सन्तुलित राख्नु जरुरी छ । प्रारम्भ १५ मिनेटको वाकबाट गर्न सकिन्छ । एक्सरसाइजपूर्व आधा घन्टाअघि कुनै सानो वा मध्यम साइजको फल खानुपर्छ । व्यायामको एक घन्टासम्म केही खानु हुँदैन ।

म त पहिलेदेखि नै दुब्ली छु

यो पनि ठूलो बहाना हो । दुब्लो हुनुको अर्थ शरीरलाई व्यायाम आवश्यक छैन भन्ने होइन । दुब्लो हुनुको अर्थ शरीर फिट छ भन्ने पनि होइन । 

वर्क आउट तौल घटाउनका लागि मात्र होइन, यसले शरीर तथा मनलाई ऊर्जा प्रदान गर्छ, त्यसलाई डिटक्सिफाइ गर्छ । दुब्लो, सामान्य र मोटो शरीर सबैका लागि सामान्य वर्क आउट आवश्यक छ ।

बच्चा सानो छ

प्रसवपछि कतिपय महिला मोटाउन थाल्छन् । यसको प्रमुख कारण हो, उनीहरूले आफ्ना लागि समय पाउन सक्दैनन् । शरीरमा हार्मोनल परिवर्तन हुन्छ र निद्रा पनि पूरा हुँदैन तर जब शिशु ३–४ महिनाको हुन्छ, उसको रुटिनअनुरूप आफ्नो रुटिन तय गर्नु आवश्यक हुन्छ । 

घरमा कुनै सहयोगी भए शिशुलाई केही समय छोडेर वाक वा एक्सरसाइज गर्न सकिन्छ । घरमा कोही नभए पनि शिशुलाई लिएर नै सामान्य वाक गर्न सकिन्छ ।

मलाई आर्थाइटिस छ

व्यायामको सम्भावना छैन, आर्थाइटिस छ भन्ने बहाना पनि कतिपयमा पाइन्छ । वास्तवमा यो समस्या हुँदा पनि वाक र वर्क आउटले फाइदा गर्छ । 

स्ट्रेन्थनिङ, स्ट्रेचिङ तथा एरोविक्सबाट मांसपेशी बलियो हुन्छ र जोर्नीमा दबाब कम हुन्छ । एक्सरसाइजबाट अत्तिरिक्त बोसो मात्र होइन पीडा पनि कम हुन्छ र आराम प्राप्त गर्न सकिन्छ । 

नयाँ शोधअनुसार आर्थराइटिस, क्यान्सर, सर्वाइवर्स, स्ट्रोक पीडितसहित पार्किसन्स आदिमा एक्सरसाइजबाट फाइदा हुन्छ । यद्यपि यसका लागि पहिले चिकित्सक वा फिजियोथेरापिस्टको सल्लाह आवश्यक छ ।

घरमा धेरै काम छ

घरेलु काम गर्दा वर्क आउट हुन्छ तर जब यो रुटिनमा आउँछ यसबाट अपेक्षित लाभ प्राप्त हुँदैन । जुन रूपमा व्यायाममा केही परिवर्तन आवश्यक छ त्यसैगरी घरेलु कामकाजका साथमा वाक, जगिङ, योग एवं ध्यान गर्नाले शरीरलाई बढी फाइदा हुन्छ ।

अत: बहाना छोडौं, वर्कआउट गरौं, स्वस्थ शरीर प्राप्त गरी दीर्घजीवी बनौं ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...