पेरिसडाडा कब्जा गरेर बसेका पूर्वलडाकू प्रहरीद्वारा तितरबितर, सोमबारदेखि थुनिएका १५ नेता मुक्त
- इमान्दार मिडिया संबाददाता -
काठमाडौं २३ कात्तिक।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा कब्जा गरेर बसेका पूर्व लडाकु (बहिर्गमित जनसेना) हरुलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको छ।
राज्यले आफूमाथि लगाएको अयोग्यको बिल्ला हटाउनुपर्ने माग गर्दै सोमबार दिउँसोबाट बर्हिगमित पूर्वलडाकुहरुले माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडाको मूल गेटममा ताला लगाएर कब्जा गरेका थिए।
बालबच्चासहित राति पनि धर्नामा बसेका उनीहरुलाई मंगलबार बिहान प्रहरीले बल प्रयोग गर्दै तितरबितर पारेको हो।
कति जना पक्राउ परे पूर्व लडाकु
बल प्रयोगको क्रममा बच्चासहित धर्नामा बसेका महिलाका साथै १६९ जना पुर्ब लडाकुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई कोटेश्वर, टुेकु लगायतका विभिन्न वृतमा राखिएको छ ।
कसले गरेका थिए पेरिसडाडा कब्जाको नेतृत्व
संयुक्त राष्ट्रसंघीय मिसन अनमनिले अयोग्य घोषणा गरेर बर्हिगमनमा परेका लडाकुले पार्टी कार्यालयमा चाबी लगाएर कसैलाई जान दिएका थिएनन् । यसको नेतृत्व लेनिन विष्टले गरेका थिए ।
को-को नेता थुनिए १६ घण्टा सम्म कार्यालय भित्र
(बहिर्गमित जनसेना) पूर्व लडाकुले गेटमा ताला लगाएपछि माओवादी केन्द्रका १५ जना नेता सोमवार रातभर कार्यलयमा थुनिएका थिए । यसरी रातभर केन्द्रीय कार्यलय भित्र ठुनानामा पर्नेहरुमा हितमान शाक्य, श्रीराम ढकाल, प्रकाश पोखरेल, इविन्द्र पराजुली र शिव खकुरेल रहेका थिए ।
के छ त पूर्व लडाकुको खास माग
पेरिसडाडा कब्जा गरेर बसेका पूर्वलडाकुले आफूहरुलाई गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, स्वेच्छिक अवकाश रोजेका लडाकुसरह आर्थिक प्याकेज वा दीर्घकालीन व्यवस्थापन हुनुपर्ने, झुटा मुद्दा लगाएर जेलमा राखेका लडाकुलाई विनाशर्त रिहा गर्नुपर्ने, घाइते अपांगलाई निशुल्क उपचार र आजीवन भत्ताको व्यवस्था गर्नुपर्ने, आफुलाई लागेको अयोग्यको बिल्ला हटाइनु पर्नेलगायत माग रहेका छन्।
भन्छन प्रचण्डसँग वार्ता बालुवाटार जादैनौ
सोमबार दिउँसो आफ्नो पार्टी केन्द्रीय कार्यलयमा पूर्व लडाकु धर्नामा बसेपछि माओवादी केन्द्रका अध्यक्ष एबंम प्रधानमन्त्री प्रचण्डले वार्ताका लागि बालुवाटार बोलाएका थिए । ‘तपाईंहरु चार-पाँच जना वार्तामा आउनुस्, कुरा गर्नुपर्छ भनेर प्रधानमन्त्रीको सन्देश आएको थियो । तर, पूर्व लडाकुहरुले प्रचण्ड पेरिसडाँडा आएर वार्ता गर्नुपर्छ भनेर अड्डी कस्दै भनेका थिए 'हामी प्रचण्डसँग वार्ता बालुवाटार जादैनौ ।’
यसअघी कति पटक बसेका थिए लडाकु पेरिसडाडामा धर्ना
यसअघि पनि उनीहरूले माओवादी केन्द्रीय कार्यालयमा ५७ दिनसम्म धर्ना दिएका थिए । पार्टी कार्यालय घेराउ गर्न बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टसहित करिब दुई सय पूर्वलडाकु पेरिसडाँडामा बसेका थिए ।
सेना सममायेजनका क्रममा तत्कालीन जनमुक्ति सेनाबाट चर हजार नौजनालाई अयोग्य लडाकु भन्दै शिविरबाट निकालिएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...