बाघको आक्रमणमा एकको मृत्यु


नवलपरासी, ३० कात्तिक ।

बाघको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।
कावासोतीस्थित शिव सामुदायिक वनको रातमाटे जङ्गलमा घाँस काट्न गएका कावासोती– ११ बुढौलीकुना बस्ने ४५ वर्षीय डिलबहादुर श्रेष्ठको बाघको आक्रमणबाट मृत्यु भएको हो । 

जङ्गलमा घाँस काट्न भनी सोमबार बिहान घरबाट निस्केका श्रेष्ठ सोमबार राति जङ्गलमा मृत अवस्थामा फेला परेका थिए । श्रेष्ठको शव बाघको आक्रमणबाट क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...