ओली भारतीय दूतावासको भोजमा गएनन्, लैनचौरका निम्तालुबीच निकै चर्चा

- काठमाडौं १८ कात्तिक ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारतीय दूतावासले आयोजना गरेको दिवा भोजमा अनुपस्थित भएका छन्। दूतावासले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा बुधबार लैनचउरस्थित दूतावासभित्रै दिवा भोज आयोजना गरेको थियो।
सो दिवा भोजमा प्रमुख दलका नेताहरु, नेता, मन्त्री, नागरिक अगुवा, साहित्यकारलाई निम्ता थियो। मधेसीवादी दल तथा साना दलका नेताहरुलाई समेत दूतावासको भोजमा पुगेका थिए।
भोजमा कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद पूर्व अध्यक्ष खिलराज रेग्मी, एमाले नेता सुवाषचन्द्र नेम्वाङ, मन्त्रीहरु सीतादेवी यादब, अर्जुनरसिंह केसी सहभागी थिए। भाेजमा राष्ट्रकवि माधवप्रसाद घिमिरे समेत थिए।
संसदमा दोस्रो सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएको थाहा पाएपछि लैनचउरका निम्तालुबीच नै यो विषयले चर्चा पाएको थियो।
प्रतिकृया दिनुहोस्
Loading...