शिल्पा भन्छिन्ः पतिले मेरा कपडा धुन्छन्



बलिउड सुन्दरी अभिनेत्री शिल्पा सेट्टीले पति एवं चर्चित ब्यवसायी राज कुन्द्राको विषयमा अनौठो खुलासा गरेकी छिन् । 

उनले आफ्ना पतिले घरमा कपडा धुने गरेको खुलासा गरेकी हुन् । आफ्ना कपडा समेत कहिले काँहि पतिले धोइदिने शिल्पाको भनाइ छ ।

मुम्बइमा आयोजित एक कार्यक्रममा शिल्पाले पतिको विषयमा यस्तो खुलासा गरेकी हुन् ।

पुरुषले पनि कपडा धुने लगायतका घरका काम गर्नु पर्ने उनको भनाइ थियो । कार्यक्रममा शिल्पाका साथमा गत साता नेपाल आएकी नेहा धूपिया र मंदिरा बेदी समेत थिए । एजेन्सी ।

,

प्रतिकृया दिनुहोस्

Loading...