नेपोलीलाई नकआउट प्रवेशमा रोक

कात्तिक १७ कात्तिक ।
इटालियन क्लब नेपोली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्ने मौकाबाट चुकेको छ। मंगलबार राती बेसिकाट्सले उसलाई १–१ को बराबरीमा रोकेपछि नकआउट चरणको नजिक रहेको नेपोलीले अर्को खेलसम्म कुर्नु पर्ने भएको छ।
तनावपूर्ण यस खेलमा घरेलु टर्किस टोली बेसिकाट्सका लागि क्युरेसमाले ७८ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। त्यसको ४ मिनेटपछि नै प्लेमेकर हामसिकले गोल गर्दे भ्रमणकारी इटाली क्लबलाई बराबरीमा ल्याए।
समूह ‘बी’मा नेपोलीसँग अंक बाडेको बेसिकाट्स तेस्रो स्थानमा उक्लिएको छ। उसको ६ अंक छ भने नेपोलीको ७ अंक। यही समूहमा रहेको बेनिफिकाले १–० ले डाइनामो किभलाई पराजित गर्ने क्रममा ७ अंक साथ दोस्रो स्थानमा आफूलाई उभ्याएको छ।
प्रतिकृया दिनुहोस्
Loading...