बालीकाको बलात्कार गर्ने राजुबाबु विरुद्ध अखिल क्रान्तिकारीको प्रदर्शन


काठमाडौँ १९ कात्तिक ।

विप्लव नेतृत्वमा रहेको माओवादीको बिधार्थी संगठन अखिल क्रान्तिकारी बालबालिकामा हुने हिँसाको बिरोधमा सडक आन्दोलनमा उत्रेको छ ।

काठमाडौँको सितापाइलामा बस्ने ५० बर्षका राजुबाबु शाहले १० बर्षकी बालिकाको बलात्कार गरेको भन्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रेको हो ।

कक्षा ५ मा पढ्ने बालिकालाई शाहले सितापाइलाकै एक स्कुलमा लगेर काग तिहारको दिनमा बलात्कार गरेका थिए । अहिले निज शाहलाई श्यम्भु प्रहरी पक्राउ गरी सकेको छ ।

अखिल क्रान्तिकारीले भने आर्थिक लेनदेनका आधारमा घटना ढीस-मिस गर्न खोजेको भन्दै आन्दोलन गर्नु परेको बताएको छ । आज क्रान्तिकारीले श्यम्भु देखि भवनपाऊ सम्म र्याली निकालेको थियो र्यालीमा बिबिन्न स्कुलका पाच सय बिधार्थीको सहभागीता थियो ।

र्यालीपछिको सभामा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका उपत्यका संयोजक लोकेश बिश्वकर्माले गरिव भएकै कारण र महिला भएकै कारण यस्तो हिँसाको सिकार हुनु पर्ने हो भने अब अखिल क्रान्तिकारीले चेली बचाउ आन्दोलन समेत गर्ने बताए ।

उनले ‘पीडित परिवारलाई धम्काउँदै विभिन्न राजनीतिक दलका नेताहरु बलात्कारी शाहलाई बचाउन लागेकाले प्रदर्शन गर्नु परेको बताए ।

बलात्कारी शाहलाई कार्वाही र पीडित बालिकालाई क्षतिपूर्तिको व्यवस्था नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने विश्वकर्माले बताए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...