एट्लेटिको अन्तिम १६ मा पुग्ने पहिलो स्पेनिस टिम



काठमाडौँ १७ कात्तिक ।

न बार्सिलोना, न त रियल म्याड्रिड नै। मंगलबार राती एफसी रोस्टोभलाई २–१ गोलले पराजित गर्दै स्पेनको अर्को क्लब एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बन्न पुगेको छ। 

इङ्लिस क्लब म्यानचेस्टर सिटीले बार्सिलोनालाई ३–१ गोलले पराजित गरेपछि क्याटलान क्लब मंगलबार अन्तिम १६ मा प्रवेश गर्न सकेन्। तर, एट्लेटिकोले आफ्नो स्टार फ्रेन्च स्ट्राइकर आन्टोन ग्रेजम्यानको निर्णायक दुई गोलको सहयोगले जीतलाई सहज तुल्यायो।

ग्रेजम्यानले खेल सुरु भएको २८ र निर्धारित ९० मिनेटपछि थप गरिएको तीन मिनेटमा निर्णायक गोल गरेका थिए। रोस्टोभका लागि सरदार अजमाउनले ३० मिनेटमा गोल फर्काउदै स्पेनिस क्लबलाई हम्मे हम्मे पारेका थिए। 

एट्लेटिकोले ४ खेलमै जीत निकालेर अन्तिम १६ मा प्रवेश पाउने पहिलो टोली हो। उसले च्याम्पियन्स लिगको कुनै खेल हारेको छैन्। समूह ‘डी’ मा १२ अंक बटुलेको छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...