सुर्खेतमा बस दुर्घटना ८ यात्रु घाइते, एक गम्भीर
- सुर्खेत २४ कात्तिक ।
सुर्खेतको कपासे नजिकै बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ७ कपासे नजिकै बस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका हुन् ।
दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको ना ४ ख ४३९९ नम्बरको बस दुर्घटना हुँदा ति यात्रु घाइते भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
घाइते दैलेख कालभैरवका नर बहादुर पाण्डेको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । अन्य ७ जनाको अवस्था भने समान्य रहेको छ ।
घाइतेकाे माया नर्सिङ्ग हाेम सुर्खेतमा उपचार भैरहेकाे छ । ब्रेक फेल हुँदा बस कपासे नजिकैको मोडको भित्तामा ठोक्किएको जानकारी दिएको प्रहरीले विस्तृत विवरण आउन बाँकी रहेको बतायो ।
पश्चिम नेपालबाट
प्रतिकृया दिनुहोस्
Loading...