भूकम्प र नाकाबन्दीले थलियो माथिल्लो तामाकोसी

- काठमाडौं, १९ कात्तिक ।
गत वर्ष वैशाखको भूकम्प, बाढीपहिरो र भारतीय नाकाबन्दीले निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना थलिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको निर्माण गत असारमा सक्ने लक्ष्य राखिएको थियो ।
भूकम्प, नाकाबन्दीलगायतका कारण आयोजनाको निर्माण सम्पन्न हुने समय दुई वर्ष धकेलिएको छ । आयोजना ०७५ असारमा मात्रै सम्पन्न हुने अनुमान गरिएको छ ।
आयोजनाबाट १० पुस ०७२ मा ३०९ मेगावाट र ३० असार ०७३ मा ४५६ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । आयोजनाको निर्माण प्रगति समग्रमा ८० प्रतिशतभन्दा बढी छ ।
भूकम्प र त्यसपछि सुरु भएको बर्खाले आयोजनाको मुख्य संरचनामा क्षति पु९याएको थिएन । दोलखाको सिँगटीदेखि बाँधस्थल लामाबगरसम्मको प्रवेशमार्गको २९ किमि सडकखण्ड क्षतिग्रस्त भएको थियो । भूकम्प र त्यसपछिका परकम्पले आयोजनाको बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो ।
आयोजनाले अमेरिकाको विज्ञ समूह (पिओई) मार्फत अध्ययन गराएको थियो । क्षति पुगेका बाँधका संरचनालाई पर्याप्त स्थिरतता र पानी चुहिन नदिन मर्मत गरी सञ्चालनमा ल्याउन सकिने सुझाब विज्ञ समूहले दिएको खबर आजको नयाँपत्रिका दैनिकले छापेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...