शिक्षा नियमावली संशोधन गर्न २३ बुँदे प्रस्ताव



धनकुटा, ११ मङ्सिर । 

शिक्षा नियमावली संशोधनका लागि २३ बुँदे प्रस्ताव गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को पूर्वाञ्चल क्षेत्रीय सम्मेलन शुक्रबार सम्पन्न भएको छ । 

सम्मेलनले आवासीय विद्यालय खोल्न कम्तीमा १० प्रतिशत विद्यार्थी आवासीय हुनुपर्ने व्यवस्था हटाएर निश्चित समयमा विद्यार्थी सङ्ख्या पूरा गर्ने गरी व्यवस्था गरिनुपर्ने, विद्यालय खोल्न सरकारले तोकेको तलब सुविधा नघटाई दिन भनिएकामा सरकारले तोकेको तलब सुविधालाई समेत आधार मानी उल्लेख गर्न, विद्यार्थी ओसार्ने सवारी प्रचलित मापदण्ड पूरा भएको उल्लेख गर्नुपर्ने लगायत संशोधन प्रस्ताव गरेको छ । 

त्यस्तै शैक्षिक कार्यक्रम सञ्चालन गर्न संस्थागत विद्यालयले पनि पाउनुपर्ने, विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिले गर्ने काममा शिक्षक कर्मचारी सेवासुविधा निर्धारण गरिनुपर्ने लगायत प्रस्ताव गरिएको हो । 

सम्मेलनका अवसरमा पत्रकार सञ्जयसन्तोषी राई, उस्सु खेलाडी तनुजा दर्जी, शिक्षाविद् धर्मराज राई र दिलीप अधिकारीलाई सम्मान गरिएको कार्यक्रमका सहसंयोजक राजन पौडेलले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...