राप्रपा र राप्रपा नेपालबीच पार्टी एकताको सहमति


  • काठमाडौँ ३० कात्तिक ।
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता हुने भएको छ । मंगलबार बसेको संयुक्त पदाधिकारी बैठकले पार्टी एकताको सहमति गरेको हो । 

बैठकमा मंसिर ६ गते पार्टी एकता घोषणा हुने सहमति भएको छ । पार्टी एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)रहने भएको छ ।

यस्तै पार्टीको अध्यक्षमा कमल थापा र राष्ट्रिय अध्यक्षमा पशुपतिशम्शेर राणा रहनेछन् । बैठकमा दुबै पार्टीका अध्यक्ष राणा र थापाले यही मंसिर ६ गते एकताको घोषणा गर्नेसहित तीनबुँदे संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार माघचित्र महाधिवेशन हुने जनाइएको छ ।

यस्तै बैठकमा अन्तरिम विधान आदान आदान प्रदान भएको छ । यो आगामी महाधिवेशनबाट नयाँ विधान तयार नभएसम्म कायम रहनेछ । राप्रपा र राप्रपा नेपालबीच साउन २५ गते नै पार्टी एकता घोषणा गर्ने समझदारी भएको थियो ।


,

प्रतिकृया दिनुहोस्

Loading...