गुन्डा नाइके विकास पुन माथि सांघातिक आक्रमण,टाउकोमा गहिरो चोट



तुलसीपुर १९ कात्तिक।

दाङका गुन्डा नाइके विकास पुन माथि सांघातिक आक्रमण भएको छ । 

दाङको घोराहीस्थित डिके पेट्रोल पम्प नजिकै पुनमाथि बिहीबार राति सांघातिक आक्रमण भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार पुनमाथि उनकै समूह बाट टुक्रिएको बाबुु पुनको नेतृत्वमा रहेको समुहले टाउकोमा बियरका बोतलले प्रहार गरेको हो ।

विकासको टाउकोमा गहिरो चोट परेका राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारकालागि नेपालगन्ज लगिएको छ । पहिले बाबुु बिकासको सहयोगीका रूपमा गुन्डागर्दी गर्थे ।

पछि पैसाको बिषयमा कुरा नमिलेपछि बाबुले बिकासलाई छोडेर छुट्टै समूह बनाएका थिए । यी दुवै ज्यानमार्ने उद्योग अन्तरगतको मुद्दा चलेका व्यक्ति हुन् । 

दुवै जनाालाई जिल्ला अदालत दाङले तारेखमा छोडेको थियो । बिकासमाथि आक्रमण गर्ने बाबुु फरार रहेको प्रहरीले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...