चारवटा ट्रकबस दुर्घटनामा १८ जना घाइते



नवलपरासी, १ मङ्सिर ।

पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी १८ जना घाइते भएका छन् । 

ना ६ ख ३९१८ नम्बरको ट्रक, ना ४ ख ६०८२ नम्बरको बस, लु १ ख ७४३८ नम्बरको बस र यु पी ५७ ५२७८ नम्बरको भारतीय ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । 

सबै घाइतेको अवस्था सामान्य छ । घाइतेको चितवन भरतपुरस्थित सिएमसि मेडिकल कलेजमा उपचार भइरहेको गैँडाकोट प्रहरीले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...