पुनर्निर्माण कार्यमा सरकारले चासो नदिएकोमा युवाहरुको गुनासो

- ललितपुर २० कात्तिक ।
भूकम्प गएको १५ महिना वितिसक्दा पनि उपत्यकाका तीनवटा जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँको पुनर्निर्माण कार्यमा सरकारले चासो नदिएकोमा युवाहरुले गुनासो गरेका छन ।
राष्ट्रिय युवा पुनर्निर्माण सञ्जालले एक्सनएड नेपाल र होमनेट नेपालसँगको सहकार्यमा ललितपुरस्थित वडीखेलमा आयोजना गरिएको “युवा र पुनर्निर्माण” विषयक अन्तरकृया कार्यक्रममा युवाहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा पुनर्निर्माण सञ्जाल संयोजक तथा युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले भने “सरकारले काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लालाई भूकम्पवाट अतिप्रभावित जिल्लाकोको रुपमा किटान गरेको भए पनि अन्य भुकम्प प्रभावित ११ जिल्लाको तुलनामा पुर्णरुपले वेवस्था गरेको छ” ।
भुकम्प गएको यती समय वितिसक्दा पनि उपत्यकाका जिल्लाहरुमा भूकम्पवाट श्रृजना भएको भौतिक क्षतीको सर्वेक्षण मात्र हुनु दुखत भएको खतिवडाले वताए ।
सर्वेक्षण अनुसार लाभग्राहीको सुचीमा परेका घर धनीहरुसँग अविलम्व अनुदान सम्झौता गरी उनीहरुलाई राहत प्रदान गर्नु पर्ने उनको जोड थियो ।
अर्को एक प्रसङ्गमा पुनर्निर्माणलाई भौतिक दृष्टिकोणवाट मात्र नहेरी आर्थिक, सामाजिक एवं सास्कृतिक दृटिकोणवाट पनि विश्लेषण गर्नु पर्नेमा खतिवडाको जोड थियो ।
कार्यक्रममा युवा अधिकारकर्मी राज कुमार उप्रतीले पुनर्निर्माणको समग्र प्रकृयामा युवाहरुले नेतृत्व गर्नु पर्ने वताए । युवाहरुको रचनात्मक हस्तक्षेप विना पुनर्निर्माणले गति लिन नसक्ने उप्रतीको जिकिर थियो ।
पुनर्निर्माणको प्रकृयामा महिलाहरुको अर्थपुर्ण सहभाुिगता सुनिश्चित गर्नु पर्नेमा युथ एड्भोकेसी नेपालकी कोशाध्यक्ष गीता चौधरीको जोड थियो ।
कार्यक्रममा ललितपुरस्थित वडीखेलका युवाहरुले पुनर्निर्माणको ढिला सुस्ती सँगै भुकम्पका कारणले श्रृजना भएको विभिन्न समस्याहरुको विषयमा चर्चा गरेका थिए ।
सरकारले अविलम्व ललितपुरमा पुनर्निर्माणको कार्य सुचारुगरी देखा परेका समस्या सामधान गर्नु पर्नेमा उनिहरुको जोड थियो ।
कार्यक्रमको अन्त्यमा समग्र पुनर्निर्माणको प्रकृयामा योगदान गर्न, पारदर्सिता र जवाफदेहीताका लागि खवरदारी गर्न र समुदायको नेर्तत्वमा पुनर्निर्माण प्रकृयालाई गति दिने उदेश्यले ५ सदस्यिय युवा पुर्निर्माण संजाल, लिलितपुर गठन गरिएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध अल्पसंख्यक तथा सिमान्तकृत “पहारी” समुदायका युवाहरुको उल्लेखनिय सहभागिता थियो ।
प्रतिकृया दिनुहोस्
Loading...