उपचार नपाएर मृत्यु कुर्दै ७ वर्षीय बालिका कमला



  • मंसिर, ४ जाजरकोट । 
जाजरकोट जस्ता विकट क्षेत्रका जनताहरु सामान्य रोगका कारण सिटामोलसमेत नपाएर मृत्युवरण गर्नुपरेको छ भने कतिले उपचार नपाएर बर्षैदेखि छट्पटाइरहेका छन् । 

दुरदराजका जनताहरु अहिले पनि समयमै सिटामोलसमेत खान नपाएर अकालमै मृत्यु बाटो रोजिरहँदा सरकार सधैं मौन बसिरहेको छ ।

सरकारले भने करोडपति कांग्रेस नेतृ सुजाता कोइरालालार्इ ५० लाख उपचारका नाममा सहयोग गर्ने घोषणा गरेर जग हँसाइरहेको छ । 

जनताले चुनेर पठाएका नेताहरु बरु एक् नेतृलाई क्यान्सरको आशंकामा लाखौं रकम दिन तयार हुन्छ तर गरिबीले पिल्सिएका ती जनता साधारण अस्पतालमा गएर उपचार गर्न पनि सकिरहेका छैनन् । गरिबीले पिल्सिएपछि ७ बर्षदेखि आफनो छोरीको उपचार गर्न सकिरहेका छैनन् ।

न लगाउँने कपडा छ, न त भुईमा सुताउने गतिलो कपडा नै । सात वर्ष सम्म बोल्ने आवाज पनि आउँदैन् अनि हिड्नलाई खुट्टाले साथ नै दिदैन्न । 

आमा, बुबाले उठाएर जुन ठाउँमा राखे त्यही ठाउँमा दिसा, पिसाब गर्छ । जन्मेको तीन महिनापछि आँखा नै देख्न छाडेकी भेरीमालिका नगरपालिका १ मैदेकी सात वर्षीय कमला नेपालीको व्यथा हो यो ।

कमला जन्मेको तीन महिनामा खाईलाग्दो शरीर भएपनि त्यसपछिका दिनमा आँखा नदेख्ने अवस्थामा पुगेको उनका बुबा टेकवहादुर नेपालीले बताए । 

जब छोरीको उमेर बढ्दै गयो तब उनी बाँमे सर्न लागिन् भनेको त टाउको घुमाउने मात्र गर्न थालिन् । आमाको काखमा समातेर राख्नुपर्ने अवस्था आयो ।

जति उमेर बढ्दै गयो त्यति छोरीका अवस्थामा कुनै सुधार भएन् । अहिले सात वर्षकी भइन्, हामीले समातेर जुन ठाउँमा राख्यो त्यही ठाउँमा नै ढलेर बस्छिन् । 

उठ्न सक्ने क्षमता नै छैन बुबा टेकवहादुरले खबरडबलीसँग दुखेसो पोखे । दुई वर्षको छँदा छोरीलाई जिल्ला अस्पतालमा लिएका थियौ, डाक्टरले यहाँ उपचार हुँदैन अन्तै लगेर उपचार गर्नु भनेपछि गरिबीले पिल्सिएको उनको आफनो सन्तानको उपचार गर्न सकेनन् ।

उपचार गर्ने खर्च अभावले छोरीलाई घरमा ल्याएदेखी अहिले सम्म कुनै ठाउँमा पनि देखाएको छैन् टेकवहादुरले भने । उनको परिवारलाइ बिहान बेलुकीको दुई छाक खान पनि धौ धौ छ । 

आफ्नो जमिनमा उत्पादन गरेको अन्नपातले एक महिना पनि खाना पुग्दैन, कसरी पैसा जुटाएर उपचारमा लिऔ टेकवहादुरको दुखेसो छ । बाँचुन्जेलसम्म पाल्नु प¥यो अरु त के गर्न सकिन्छ र उनको पिरलो छ ।

अहिले कमलाको पेट मात्र लागेको छ हात, खुट्टा सुकेको अवस्थामा छन् । कमलालाई हेर्दा गहिरो कुपोशनको सिकार भएको अनुमान लगाउन सकिन्छ । उनलाई अहिले पनि टाउँको घुमाउने समस्या देखिन्छ ।

यत्ता कुपोषनको क्षेत्रमा काम गर्ने जिल्ला स्वास्थ्य कार्यालयका सुसिला शाहीसंग सम्पर्क गर्दा अवस्था हेरेर उपचार गर्न सकिने वताउँछिन । 

गहिरो कुपोषन भएमा कारण अन्य रोगको संक्रमण पनि बढेको हुन सक्ने शाहीले बताइन् । अन्य ठाउँमा लगेर राम्रो उपचार निको हुने उनको भनाई छ ।

कमलाको परिवार आर्थिक अबस्था हेर्दा सधै वर्ष भरी अकैको काम गरेर दैनिक गुजारा चलाउने गरेका छन् । दशैं र तिहारमा खाएको मासुको पैसा तिर्न समेत नसकेको यो परिवारले मोटो रकम जुटाएर कमलाको उपचार गर्न सम्झव नरहेको उनको छिमेकी बताउँछन् । 

आफैले किनेर कमै मात्रामा कपडा लगाउने उनको परिवार प्राय अरुले लगाएर दिएको कपडाले जाडो र गर्मीयाम बिताउने गरेका छन् ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...