घुस लिदालिदै अर्थमन्त्री पक्राउ



रुसका अर्थमन्त्री एलेक्सी उल्याकायेब घुस लिँदै गर्दा पक्राउ परेका छन् । तेल कम्पनी रोजेनफन्टसँग २० लाख डलर घुस लिँदै गर्दा मन्त्री उल्याकायेब पक्राउ परेका त्यहाँको भ्रष्टाचार विरोधी संस्था इन्भेष्टिगेटिभ कमिटीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

रोजेनफण्टले अर्को तेल कम्पनी बासेनफण्टको ५० प्रतिशत स्वामित्वका लागि स्वीकृति दिंदा अर्थमन्त्रीले धम्की दिएर घुस लिएको कमिटीको दाबी छ ।

उनलाई पक्राउ गरी हिरासतमा राखिएको छभने छिट्टै मुद्दा दायर गर्ने तयारी छ । रुसमा सन् १९९१ मा भएको सत्ता पलटको प्रयासपछि भ्रष्टाचारको मामिलामा हिरासतमा परेका मध्ये मन्त्री एलेक्सी सबैभन्दा माथिल्लो तहका नेता हुन् । आरोप पुष्टी भएमा उनलाई ८ देखी १५ बर्ष सम्मको जेल सजाय हुनेछ । एजेन्सी

, ,

प्रतिकृया दिनुहोस्

Loading...