ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु

नुवाकोट, १७ कात्तिक ।
नुवाकोटको देवीघाट–गल्छी सडकखण्डको रातमाटेको महादेवफाँटमा आज दिउँसो ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रातमाटे–१ महादेवफाँटमा देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको ना ७ ख १०३५ नं.को ट्रिपरले देविघाटबाट गल्छीतर्फ जाँदै गरेको बा ७९ प ३९६४ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक फिकुरी–४ का ३६ वर्षीय पण्डितप्रसाद भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालुवा बोकेर गइरहेको ट्रिपर मोटरसाइकललाई ठक्कर दिँदै सडक छेउका नालीमा पल्टिएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...