मुखर्जीको स्वागत गर्न विद्यादेवी विमानस्थल पुगिन

काठमाडौँ १७ कात्तिक ।
अठार वर्षपछि भारतीय राष्ट्रपति नेपाल आएका छन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज पौने १ बजे नेपाल आएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरिन्।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले पनि विमानस्थलमा मुखर्जीको स्वागत गरेका छन्। त्यसैगरी भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिइएको छ।
त्यस्तै उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले आजै भेट्ने कार्यक्रम रहेको छ। उनको सम्मानमा राष्ट्रपति भण्डारीले आज साँझ रात्रिभोजको आयोजना गरकाे छ।
बिहीबार पशुपतिनाथको दर्शन गर्ने उनले भोली नै उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ। भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ। उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन्।
राष्ट्रपति मुखर्जीसँग राजनीतिक दलका नेताहरुले शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ। भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजा गर्नेछन्। जनकपुरमा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ।
सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा जानेछन्। राष्ट्रपति मुखर्जी शुक्रबार नै काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
प्रतिकृया दिनुहोस्
Loading...