प्रणव मुखर जनकपुरबाट पोखरा हुँदै, आजै भारत फर्कने


  • कात्तिक १९ काठमाडौं ।
भारतीय राष्ट्रपति प्रणव मुखर आज जनकपुर र पोखरा भ्रमणमा जाँदै छन् । मुखर जानकी मन्दिरमा पुजाअर्चर्ना र स्थानीय तिरहुतिया गाछीमा नागरिक अभिनन्दनमा गरि ५५ मिनेटको कार्यक्रम सहभागी हुने कार्यक्रम रहेको छ । 

भारतीय राष्ट्रपति मुखर्जी बुद्ध एयरको विशेष विमानबाट शुक्रबार बिहान १० वजे ५५ मिनेटमा जनकपुर अवतरण गर्ने कार्यक्रम छ । जनकपुर उपमहानगरपालिकाको आयोजनामा हुन लागेको नागरिक अभिनन्दन कार्यक्रमको लागि तिरहुतिया गाछीलाई भव्य रुपमा सजाईएको छ ।

मुखरको स्वागतलाई भव्य बनाउन स्थानीयहरुले जनकपुरको विमानस्थलदेखि जानकी मन्दिर सम्म करिव ३ किलो मिटरको दुरीमा प्रत्येक ७० मिटर दुरीमा ४५ वटा स्वागतद्वारा निर्माण गरिएको छ ।

मुखरले प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा विशेष पुजा गर्ने कार्यक्रम रहेकाले मन्दिरको सरसफाइ गरी जानकी मन्दिरलाई विशेष रुपमा सिंगारिएको छ ।

जनकपुरको कार्यक्रम सकेर मुखर आजै पोखरा जाँदै छन् । उनले पोखरामा तीन घन्टा विताउने छन् । राष्ट्रपति मुखर जनकपुुरबाट बुद्ध एयरको विमानबाट पोखरा विमानस्थलमा अपराहृन पौने १ बजे उत्रँदै छन् ।

मुखरले पोखरा बिरौटास्थित होटेल पोखरा ग्रान्डमा केहीबेर आराम गर्ने कार्यतालिका छ । मुखरले पोखरा-१० रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा रहेका भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्नेछन् ।

पोखराको कार्यक्रम सकेर मुखर ४ बजे काठमाडौं हुँदै भारत र्फकनेछन् ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...