भारतद्वारा पाकिस्तानमाथि आक्रमण, ७ सैनिकको मृत्यु



सेप्टेम्बर १८ को उरी हमला पछि सिमा क्षेत्रमा दिनहू गोली हानाहान भए पछि पछिल्लो पटक गएराति भारतले ठूलो मात्रामा मोर्टार सहित आक्रमण गरे पछिको भीडन्तमा सात जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानको ईन्टर सर्भिसेस पव्लिक रिलेसन (आईएसपीआर) ले जनाएको छ । भारतीय सेनाले यस बारेमा कुनै प्रतिकृया दिएको छैन । आईतबार राति भिंवर ईलाकामा आक्रमण भएको पाकिस्तानी सेनाले जनाएको छ ।

यसैबीच पाकिस्तानी सेना प्रमुख जनरल राहिल सारीफले सिमा क्षेत्रमा भारतीय आक्रमणको डटेर प्रतिवाद गर्न र एक ईन्च माटो र एउटा ढुंगा समेत नछाड्न सेनालाई निर्देशन दिएका छन् ।

सेना प्रमुख राहिलले जनरल स्टाफको बैठक तथा भारतीय आक्रमणमा मारिएका ७ सैनिकको अन्तिम संस्कारको क्रममा उक्त निर्देशन दिएका हुन् । 

पाकिस्तानी सञ्चार माध्यमका अनुसार अब पाकिस्तानले समेत भारतीय सैनिक पोष्टहरुलाई लक्षित गरेर प्रत्याक्रमण गर्ने तयारी गरेको छ । एजेन्सी

, ,

प्रतिकृया दिनुहोस्

Loading...