पाल्तु सुगाले घर मालिकको अबैध सम्बन्धको पोल खोलेपछि...



खाडी मुलुकमा विबाह पुर्वको सम्बन्धलाई अपराध मानिन्छ। यस्तो अपराधमा त्यहाँको कानुनले जेल वा कडा श्रम सिविरको सजायको व्यवस्था गरेको पाइन्छ। तर पनी ती देश मा यस्ता सम्बन्ध राख्ने को कमि छैन। 

हालै खाडी राष्ट्र कुवेतमा घरमै पालेको एक सुगाले यस्तो सम्बन्धको पर्दाफास गरिदिएको छ। 

समाचार अनुसार उक्त सुगाले घरका मालिक र घरमै काम गर्ने महिला बिचको अबैध प्रेम सम्बम्ध सार्वजनिक गरेपछि ती घर मालिकलाई स्थानिय प्रहरीले हिरासतमा लिएको छ। 

कुवेतको हवाली प्रहरी कार्यालयका अनुसार उक्त सूगाले घर मालिकको अबैध सम्बन्धको बारेमा जानकारी दिएपछि श्रीमतीले गरेको उजुरीमा उनलाई पक्राउ गरेको हो। 

प्रहरीले अपराध प्रमाणित नहुन्जेल कसैको नाम भने सार्वजनिक नगर्ने भएको छ।

बिजपाटीबाट

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...