यस्तो छ भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तालिका



काठमाडौँ १७ कात्तिक।

भारतका राष्ट्रपति प्रणव मुखर्जी बुधबार तीन दिवसिय नेपाल भ्रमणको क्रममा काठमाडौं आइपुग्दै छन् । उनी बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेबी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नेछिन् ।

त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नेछन् । उनका सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नेछन् भने सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ ।

भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन् ।

राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उहाँसँग शिष्टाचार भेट गर्नेछन् । भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानेछन् ।

राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । अठार वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्धमा न्यानोपन र व्यापकता आउने विस्वास गरिएको छ।

१८ वर्षपछि भारतीय राष्ट्राध्यक्षको नेपाल भ्रमण हुन लागेको हो । भारतीय तत्कालिन राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गरेका थिए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...