एयर इन्डियाले दिएको शाकाहारी खानामा भेटियो मरेको साग्लो



  • एजेन्सी २ मंसिर ।

एयर इन्डियाले दिएको शाकाहारी खानामा कक्रोच अर्थात् साग्लो भेटिएको छ । भारतको हैदरावादबाट दिल्ली हुदै सिकागोको लागि उडेको जहाजमा साग्लो फेला परेको हो । 

जहाजका यात्रुले आफुलाई शाकाहारी भनेर दिएको खानामा साग्लो भेटेपछि त्यसको फोटो सहित सामाजिक संजालमा ट्वीट गरेका थिए । त्यसपछि उनको ट्वीट भाईरल भएको थियो । 

एयर इन्डियाले माफी माग्दै घटनाको अनुसन्धान थालेको बताएको छ । एयरलाइन्सले यो बिषय सम्बेदशील भएको बताउदै आफुहरुले यस्तो नसहने र सम्बन्धित क्याटरिंगलाई कारबाही गर्ने बताएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...