मेसीको गोलका बाबजुद् ग्वार्डिओलाले बार्सासँग लिए बदला

लन्डन, कात्र्तिक १७ (एजेन्सी)
पेप ग्वार्डिओलाले आफ्नो पूर्वक्लब बार्सिलोनाविरूद्ध मिठो बदला लिएका छन्, जब च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्न लागेको भ्रमणकारी क्याटलान क्लबलाई उनले म्यानचेस्टर सिटीको इतिहाद रंगशालामा ३–१ गोलले पराजित गरे।
यसै वर्ष इङ्लिस क्लबमा प्रशिक्षकको भूमिकामा अनुबन्धित भएका ग्वार्डिओला २ वर्षअघि बार्सिलोनाको प्रशिक्षक थिए।
उनको प्रशिक्षणमा बार्सिलोनाले १४ उपाधि जितेको थियो। तर, मंगलबार राती लन्डनमा उनले सर्जियो अगुइरो, इके गुन्डोगान र केभिन डे ब्रुयनको जोडीलाई आक्रमणको लागि तयार पारेपछि दुई साताअघि बार्सिलोनासँग उसको मैदान नोउ क्याम्पमा भोगेको ४–० पराजयको मिठो बदला लिए।
सिटीले यसअघि बार्सिलोनासँग खेलको पाँचवटै खेलमा पराजय भागेको अवस्थामा मंगलबारको जीत स्थानीय दर्शकका लागि यादगार थियो।
सिटीसँग पराजय स्विकारेपछि बार्सिलोनाको चौथो खेलबाटै अन्तिम १६ मा प्रवेश गर्ने आशामा पनि तुसारापात भएको छ। समूह ‘सी’मा बार्सिलोना तीन खेलमा तीन खेल नै जितेर नौ अंकसहित शीर्षस्थानमा थियो। बार्सिलोनालाई हराएपछि सिटी ४ खेलमा ७ अंकका साथ दोस्रो स्थानमा बसेको छ। ऊ अब बार्सिलोनाभन्दा २ अंकले मात्र पछाडि छ।
बार्सिलोनाको ‘रिर्टन’ खेलमा गुन्डोगानले २ गोल र ब्रुयनले १ गोल गरेपछि सिटीले सहजै जीतलाई आत्मसाथ गर्यो। बार्सिलोना छोडेपछि ग्वार्डिओलाको आफ्नो पूर्व क्लबविरूद्ध यो पहिलो जीत थियो।
लिओनल मेसीले खेलको २१ मिनेटमा गोल गर्दै भ्रमणकारी क्याटलान क्लबलाई सफलता दिलाएका थिए। नेइमारको सहयोगमा मेसीले गोल गरेपछि पहिलो हाफको खेलमा बार्सिलोनाको मजबुत पकड देखिएको थियो।
तर, पहिलो हाफको खेल सकिन ६ मिनेट बाँकी रहँदा डिफेन्समा देखिएको समान्य चुकका कारण बार्सिलोनाले त्यसको ठूलो मूल्य चुकायो। सर्गियो रोबेर्टोले बललाई आफ्नो नियन्त्रणमा राख्न नसक्दा रहिम स्टालिङको पासमा गुन्डोगानले ३९ मिनेटमा गोल गर्दै पहिलो हाफमा खेललाई १–१ को बराबरीमा ल्याएको थिए।
दोस्रो हाफमा आक्रमणलाई धारिलो बनाएको सिटीका लागि ब्रुयनले ५१ मिनेटमा फ्रिकिक मार्फत आकर्षक गोल गरे। आफ्नो गोल पोस्ट बाहिर बोस्क्युटले सिल्भालाई लडाएपछि २५ यार्ड टाढाबाट पाएको फ्रिकिकको अवसरलाई ब्रुयनले खेल फ्याकेनन्।
सिटीको तेस्रो गोल विवादास्पद थियो। स्टर्लिङको स्थानमा ७१ मिनेटमा अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका जेसस नाभासको क्रसमा डिबक्स भित्र रहेका अगुइरोको हातमा लागेर फर्किएको बलमा गुन्डोगानले ७४ मिनेटमा गोल गरेका थिए। गुन्डोनको पछिल्लो दुई खेलमा यो चौथो गोल थियो।
बार्सिलोनाले २–१ ले पछाडि रहेको अवस्थामा खेललाई बराबरी गर्ने अवसर गुमाएको थियो। जब मिनेटमा लुइस सुआरेजको पासमा गोल गर्ने खुला अवसर आन्द्रे गोमेजले गुमाएका थिए। उनको बल सिटीको माथिल्लो पोलमा लागेर फर्किएको थियो।
प्रतिकृया दिनुहोस्
Loading...