'विप्लवले छोरालाई ५० लाखको बाइक किने' भन्दै फुर्सद न्युजले लेख्यो यस्तो भ्रामक समाचार

  • इमान्दार मिडिया संबाददाता ।
  •  काठमाडौँ १३ मङ्सिर।

फुर्सद न्युज नामको एक नामै नसुनिएको भूमिगतरुपमा चलेको ब्लगले नेकपा (माओवादी) का महासचिब नेत्र बिक्रम चन्द 'विप्लव'ले आफ्ना छोरालाई ५० लाखको बाइक किनेका छन् भनेर भ्रामक समाचार लेखेको छ ।

माओवादीका केही केन्द्रीय नेताहरुको समेत नाम जोडेर तयार पारिएको समाचार पार्टी भित्र फुट ल्याउने उदेश्यका साथ योजनाबद्ध रुपमा प्रकाशन, प्रशारण गरिएको हुन् सक्ने माओवादी नेता कार्यकर्ताहरुको ठम्याई छ । 

भ्रामक समाचार प्रकाशन भएलगत्तै माओवादी नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा भ्रामक समाचारप्रति आक्रोश व्यक्त गरेका छन् ।  

फुर्सद न्युज नामक ब्लगले पहिलो भ्रम छर्दै लेखेको छ,-'नयाँ जनयुद्धका लागि चन्दा असुलिरहेको नेकपा (माअोवादी) का महासचिव नेत्रबिक्रम चन्द (विप्लव) ले चन्दाको पैसाले अाफ्नो छोरा प्रकाश चन्दलाई ५० लाखको बाइक किनिदिएका छन्।'

चन्दाको पैसाले चन्दले छोरा प्रकाशलाई ५० लाखको हार्ले डेभिड्सन माेटरसाइकल किनिदिएपछि चन्द माअाेवादीमा खैलाबैला मच्चिएको छ। 

दोस्रो भ्रम : 'दाङमा जग्गा किनियो  !'

त्यस्तै माओवादी महासचिव विप्लवले चन्दा उठाएको पैसा जम्मा गरी दाङमा जग्गा किनेको समेत भ्रामक समाचार लेखेको छ । उसले समाचारमा उल्लेख गरेको लेखेको छ, - 'चन्दले कार्यकर्ताले उठाएको चन्दाले यस अघि नै दाङ, देउखुरि-७ मा कित्ता नम्वर ४५३४ र ४५४८ का गरि ६ राेपनी जग्गा किनिसकेका छन्। 

विप्लव माअाेवादीको नयाँ जनयुद्धको धम्कीलाई कतिपयले चन्दको चन्दा धन्दा भन्न थालेका छन्। बाहिर जनयुद्धको कुरा गरेपनि विप्लव माअाेवादीका सबै नेता, कार्यकर्ता चन्दा उठाउनै व्यस्त छन्।'

तेश्रो भ्रम 'माइला लामाले ४० लाख खाए !'

त्यस्तै उक्त ब्लगले माओवादी नेता माइला लामाले ४० लाख खाएको भन्दै अर्को भ्रम छर्ने प्रयास गरेको छ ।

समाचारमा लेखिएको छ,-'नेता माइला लामाले ४० लाख खाएको घटना सेलाउन नपाउँदै सबैले भराेसा गरेका चन्दको नयाँ काण्ड सार्वजनिक भएको हो। माअाेवादी नेता अनिल बिरहीका अनुसार यतिबेला बिप्लव पैसा जम्मा गरेर अर्को चुनावमा लड्ने सोच बनाएका छन्।'

समाचारमा आफ्नो नाम जोडिएको बारे यसो भन्छन् नेता  बिरही  

फुर्सद न्युज नामक ब्लगमा आफ्नो नाम जोडिएर आएको भ्रामक समाचार प्रति आपत्ति जनाउदै माओवादी नेता अनिल बिरहीले हुदै नभएको गलत समाचार लेखी त्यसमा आफ्नो नाम जोडिएको भन्दै आर्कोस व्यक्त गरेका छन् ।

नेता बिरहीले भने ,- त्यो ब्लगसँग मेरो कुनै कुराकानी भएको छैन, मैले यस्तो गैरजिम्मेवार र झुटो कुरा बोल्न आवश्यक पनि छैन, त्यो समाचारसँग मेरो कुनै संग्लनता छैन ।'

आफुलाई बदनाम गराउने र पार्टी भित्र फुट पैदा गर्ने उदेश्यले यस्तो गलत अफवाह फैलाएको उनको भनाई छ । 

को -को  नेताको जोडियो समाचारमा नाम ?

भ्रामक समाचार प्रकाशन गर्ने फुर्सद न्युज नामक ब्लगले समाचार श्रोत भन्दै माओवादी नेताहरु अनिल शर्मा बिरही, सन्तोष बुढामगर, उमा भुजेल र प्रज्वलनको नाम जोडेको छ ।

किन हुदैछ विप्लवमाथि प्रहार ?

यतिवेला नेकपा (माओवादी) का महासचिब नेत्रविक्रम चन्द विप्लवमाथि चौतर्फि प्रहार भइरहेको छ । राजनीतिमा उनको बढ्दो चार्मिङ र संगठनमा देखिएको तिब्र बिकासले विप्लवमाथिको प्रहार वढेको हुनसक्ने राजनीतिक विश्लेषकहरुको भनाई छ । 

उनका विरोधिहरुले सुरुमा विप्लवले माहौल खडा गर्ने तर त्यसलाई मुर्तरुप दिन नसक्ने आरोप लगाएका थिए । त्यसपछि उनीमाथि महत्वाकाँक्षाको घोडामा सवार देखि युद्धप्रिय जस्ता आरोप लागे ।

गुटबाद र फुटबादका अनगिन्ती आरोपहरु छिचोल्दै मुलुककै शक्तिशाली पार्टी निर्माणमा उनको हैसियत देखा पर्न थालेपछि विरोधिहरु थप आँत्तिएका छन् ।

यता नेकपा माओवादी केन्द्रीय कार्यालय सचिव गुणराज लोहनीले  केहि सीप नलागेपछि षड्यन्त्रकारीहरु भ्रमपूर्ण आरोपको अफिम खेतीमा लागेको बताए ।

जनयुद्ध देखि अहिलेसम्म माओवादी नेताहरुमध्ये सबैभन्दा वढी पारदर्शि जीवन जीउने नेतामाथिका यस्ता आरोपहरु दुई दिन पनि टिक्न नसक्ने उनको वुझाई छ ।

यसअघि पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा लगायत नेता र कार्यकर्ता पंक्तिमाथि लगाउँदै आएका झुट्टा आरोपहरुको श्रृङ्खलाकै निरन्तरतास्वरुप यो हल्ला फिजाइएको माओवादी पंक्तिको वुझाई रहेको छ । 

राजनीतिक, वैचारिक र सांगठनिक रुपमा नेकपा माओवादीसंग पराजित भइ आँत्तिएकाहरु गोयबल्स शैलीका भ्रामक प्रचारबाट आत्मरति लिन लागेको पनि लोहनीले वताए । यस्ता समाचारसंग कुनै छेऊ टुप्पो र साइनो नभएको लोहनीको भनाई छ ।

हेर्नुहोस फुर्सद न्युज नामक ब्लगले लेखेको समाचार जस्ताको त्यस्तै 





, ,

प्रतिकृया दिनुहोस्

Loading...