प्राण घातक बन्दै स्क्रब टाइफस

काठमाडौं, २ मंसिर ।

पछिल्लो समय निक्कै प्राण घातक बन्दै गएको रोग स्क्रब टाइफसबाट चितवनमा कार्तिकमा मात्रै चार जनाको ज्यान गएको छ ।

कात्तिक अन्तिमसम्मतिर चितवनमा थप एक महिलाको मृत्यु भएपछि एकै महिनामा स्क्रब टाइफस रोगबाट मृत्यु हुनेको चार पुगेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कात्तिक अन्तिम साता भरतपुर उपमहानगरपालिका–२२ निवासी ३५ वर्षीया महिलाको उक्त रोगका कारण मुत्यु पुष्टि भएको हो ।

“कात्तिक अन्तिम साता मृत्यु भएको जानकारी आएको थियो, भेरिफाई गर्दा स्क्रब टाइफस नै प्रमाणित भयोे”, जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भने । ती महिलाको चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको केसीले बताए ।

मुसाको शरीरमा हुने सूक्ष्म माइट नामको किराले टोकेमा यो रोग सर्ने कार्यालयका सूचना अधिकारी नरहरि शर्माले बताए । विशेषगरी झारपात र झाडीमा उक्त किरा खसेका बेला मान्छेमा टाँसिएर यसले टोक्ने गर्छ । नेपालमा स्क्रब टाइफसबाट अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...