माइक्रोबाट खस्दा जनमोर्चा अध्यक्ष केसी घाइते,केएमसीमा उपचार हुँदै
काठमाडौं, ८ मंसिर ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन् ।
कपनस्थित पार्टी कार्यालय जाने क्रममा केसी दुर्घटनामा परेका केसीको टाउको र ढाडमा चोट लागेको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
माइक्रो बसको ढोका छेउको सिटमा बसेका केसी घुम्तीमा अचानक लड्न पुगेका बताएको छ ।
स्थानीयको सहयोगमा उनलाई अस्पताल लगिएको र अहिले अवस्था सामान्य रहेको भतिज हिरा केसीले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...