गोरु काटेको अभियोगमा २ जना पक्राउ !
दोलखा, ७ मंसिर ।
स्थानीयवासीले दिएको सूचनाका आधारमा राति ८ बजे उनीहरुलाई गोठमा मासु काट्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी नायब निरीक्षक मोहनप्रसाद आचार्यले जानकारी दिए । प्रहरीले घटनास्थलबाट ४० किलो गोरुको आलो मासु बरामद गरेको छ ।
बरामद गरिएको मासु स्थानीयवासीको रोहबरमा आज नष्ट गरिएको छ । अभियुक्तले गोरु जिउँदो नभई बिरामी भएर आफैँ मरेको र मासु खानका लागि काटिएको बताएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...