विद्युत् महसुल नबुझाएका ऊर्जा राज्य मन्त्रीले तिरे जरिवाना

काठमाडौं, ३ मंसिर  ।

ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत् प्राधिकरणलाई तिर्न बाँकी तीन महिनाको महसुल बिहीबार तिरेका छन् ।

चन्द्रनिगाहपुरस्थित घरमा बिजुली बालेको तीन महिनाको बक्यौता रकम बिहीबार प्राधिकरणको प्रशाखा कार्यालयमा बुझाएका हुन् । विद्युत् महसुल समयमा नबुझाएका कारण राज्यमन्त्री भगतले दुई महिनामा दुई हजार ९२ रुपैयाँ जरिवाना तिरेका छन् ।

ऊर्जा राज्यमन्त्री भगतले आमनागरिकसरह प्राधिकरणमा महसुल बुझाउन आएको बताए । उनले महसुल तिर्नु नागरिकको कर्तव्य भएको र आफू पनि एक नागरिक भएकाले जरिवानासहित महसुल बुझाएको बताए । यसैबीच, उनले रौतहटका सबै क्षेत्रमा हुकिङ हटाउन निर्देशन दिएका थिए ।

चेतनाको कमी र पहुँचको विषय बनाएकाले विद्युत् चुहावट अन्त्य नभएको र राज्यले त्यसमा कडाइ गरिरहेको उनले उल्लेख गरे ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...