टिटेले भने - यो वर्ष रोनाल्डो उत्कृष्ट, मेस्सी उत्कृष्ट तीनमा पर्दैनन्
- एजेन्सी, १४ मंसिर ।
ब्राजिलका प्रशिक्षक टिटेले फिफा वर्ष खेलाडी २०१६ क्रिष्टियानो रोनाल्डो जत्तिको योग्य अरु नरहेको बताएका छन् । टिटेले यो वर्षको अवार्डका लागि मेस्सी उत्कृष्ट तीनमा पनि नपर्ने बताएका छन् ।
ब्राजिलका प्रशिक्षक टिटेले अवार्ड पोर्चुगलका कप्तान रोनाल्डोले जित्ने र दोस्रो स्थानमा ब्राजिलका नेइमार र तेस्रो स्थानमा फ्रान्सका एन्टोनी ग्रिजम्यान रहने बताए । रोनाल्डो, मेस्सी, ग्रिजम्यान र नेइमारसहित फिफा वर्ष खेलाडी २०१६ का लागि २३ जना खेलाडी मनोनयनमा परेका छन् ।
टिटेले भने ‘मेस्सी विश्वका उत्कृष्ट खेलाडी हुन्, तर यो वर्ष रोनाल्डो उत्कृष्ट छन् । रोनाल्डोले आफ्नो गोलको जादु देखाएका छन् ।’ रोनाल्डोले यो वर्ष रियल मड्रिडलाई च्याम्पियन्स लिग तथा पोर्चुगललाई युरोकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
यो वर्ष फिफाले ५० प्रतिशत समर्थकको मत तथा ५० प्रतिशत प्रशिक्षक, कप्तान तथा दुई सय भन्दा बढी खेल पत्रकारको मतका आधारमा वर्ष खेलाडीको निर्णय हुनेछ । आउँदो जनवरी ९ मा ज्युरिचमा हुने द बेस्ट फिफा फुटबल अवार्डमा विजयी खेलाडीको घोषणा हुनेछ ।
![](https://scontent-sin6-1.xx.fbcdn.net/v/t1.0-9/15192710_1197019340374200_7596049915872901539_n.jpg?oh=d86f2e3d0b242f92af641efe0096bbc3&oe=58B02D3B)
![](https://fb-s-a-a.akamaihd.net/h-ak-xpa1/v/t1.0-0/s480x480/15202753_1189370177805783_7082990195554652520_n.jpg?oh=25b6518d8160d47c7dfe56bf6bdea4ef&oe=58C99134&__gda__=1489889014_39e8de7082e8778f2933c4ec49c13972)
प्रतिकृया दिनुहोस्
Loading...