अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आज


काठमाडौं, ५ मंसिर । 

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आइतबार सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मनाईंदैछ ।

बालश्रम, बालबालिकाविरुद्ध हुने हिंसा, दुर्व्यवहार, सजाय, जोखिम काममा बालबालिकाको प्रयोग लगायतका समस्या समाधानको लागि अहलेको नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै यो नारा तय गरिएको हो ।

बालअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको अगुवाईमा देशभर बालअधिकारप्रति प्रतिवद्धता र जनचेतना बढाउने खालका कार्यक्रम गर्दैछन् । बालअधिकारको क्षेत्रमा लगातार जस्तो आवाज उठ्दै आएपनि प्रगति भने उल्लेख्य नभएको बाल अधिकारकर्मी बताउँछन् ।

शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा गर्नुपर्ने काम धेरै बाँकी रहेको उनीहरुको भनाई छ । दिवसकै अवसरमा केन्द्रीय बालकल्याण समितिले नेपालमा बालबालिकाको स्थितिबारेको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ ।

यस्तै ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२’ र दीगो विकास लक्ष्यको कार्यान्वयनका लागि सिविन नेपालले छलफल गर्दैछ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...