नानगाहारमा आइएसका कमाण्डरसहित सात मारिए


जलालाबाद, ४ मसिर । 

अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) एक कमाण्डरसहित सात जना लडाकुहरु मारिएका छन् ।

नानगाहार प्रान्तको कोट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने स्थानमा शुक्रबार लुकेर बसेका आतङ्ककारीलक्षित आक्रमणमा ती लडाकूहरु मारिएका स्थानीय सरकारका प्रवक्ता अतुल्लाह खोगिनिले शनिबार जानकारी दिए ।

हवाई आक्रमण भईरहेको ठाउमा आईएसका कमाण्डर मुल्लाह बजार्ग मारिएको उनले बताए । सुरक्षा कारबाहीका क्रममा सर्वसाधारण नागरिकको भने हताहती नभएको खोगिनिले दावी गरे ।

राजधानी काबुलदेखि १२० किलोमिटर पूर्वमा पर्ने नानगाहार प्रान्तमा गत दुई बर्षदेखि आईएस आतङ्ककारी समूहको गतिविधिहरु बढेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...