काश्मिर तनाव बढ्दै : बिद्रोहीसँगको भीडन्तमा सात भारतीय सैनिक मारिए
एजेन्सी, १५ मंसिर ।
बिद्रोहीले नगरोटामा रहेको सेनाको शिविरमा मंगलबार आक्रमण गरेपछि भिडन्त सुरु भएको थियो । भिडन्तको क्रममा भारतीय सेनाका दुई अधिकारी तथा पाँच जवान र तीन जना बिद्रोही पनि मारिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
बिद्रोही सेनाको शिविरमा प्रवेश गरेर १२ सैनिक, दुई महिला तथा दुई बालकलाई बन्धक बनाएपछि भारतीय सेनाले जवाफी कारवाही गरेर बन्धक बनाएका सबैलाई सकुशल उद्धार गरेको थियो । बिद्रोही विरुद्धको कारवाही अभियान जारी रहेको र सम्पूर्ण क्षेत्र घेराबन्दी गरिएको भारतीय सेनाका प्रवक्ता कर्नेल मनीष मेहताले बताए ।
सीमा सुरक्षा तथा बिद्रोही विरुद्धको कारवाही अभियानको योजना बनाउने जम्मुबाट १५ किलोमिटर पर रहेको सेनाको १६ कोर मुख्यालयमा आक्रमण भएको हो । यस्तै साँबा सेक्टरको अन्तर्राष्ट्रिय सीमामा पनि बिद्रोही र भारतीय सीमा सुरक्षा बल (बिएसएफ) बिच गोली हानाहान भएको छ ।
अन्तर्राष्ट्रिय सीमामा भएको गोली हानाहानमा एक जवान घाइते भएका छन् । गएको सेप्टेम्बर भारत प्रशासित जम्मु काश्मिरको उडीमा रहेको भारतीय सेनाको एक शिविरमा आक्रमण आक्रमण भएपछि भारत र पाकिस्तानबिच तनाव भइरहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...