औचित्य पुष्टि नहुँदासम्म संविधान संसोधन हुदैन : ओली


  • काठमाडौं, ४ मंसिर । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले औचित्य पुष्टि नभएसम्म संविधान संशोधन गर्न नसकिने बताउनु भएको छ।

शनिबार बिहान भैरहवा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेशको सिमांकन हेरफेर त्यहाँका बासिन्दाको इच्छा र चाहनामा भर पर्ने बताए।

औचित्य पुष्टि नहुँदासम्म आफ्नो पार्टी संविधान संसोधनको पक्षमा नरहेको जिकिर गरे । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संविधान कार्यान्वयनको बेला संशोधनको कुरा उठ्नु समयसापेक्ष नभएको दाबी पनि गरेका थिए । संक्रमणकाललाई व्यवस्थापन गर्ने हो भने संविधान कार्यान्वयनको बिकल्प नभएको उनको भनाई छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...