टोपबहादुरले प्रचण्डको नामै नलिई यसरी उडाए धज्जी


काठमाडौं,९ मंसिर ।

माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री तथा आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धज्जी उडाएका छन् ।

एमाले समर्थित युवा विद्यार्थीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा रायमाझीले आफ्नै पार्टीको सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावलाई ‘बजारिया हल्लाको संज्ञा दिएका छन् ।

पहाड र तराईलाई अलग्याउने गरी ल्याइने संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदबाट पास नहुने मात्रै नभई यसले त्यस्तो प्रस्तावक पार्टीलाई समेत घाटा हुने उनको तर्क छ ।

रायमाझीले प्रधानमन्त्री प्रचण्डको नाम नलिई उनको धज्जी उडाउँदै भने- ‘संशोधनको आवश्यकता छ, तर कहाँ कुन विषयमा संशोधन गर्ने भन्नेकुरामा प्रष्ट हुनुपर्छ । यो बजारिया हल्ला हो, एजेण्डा के हो प्रष्ट हुनुपर्छ ।’

उनले संविधान संशोधनमा मात्र भन्दा पनि त्यसको परिणामका बारेमा सोच्न ‘सम्वन्धित दल’हरुसँग आग्रह गरेका छन् । उनले पास नै नहुने संशोधनको प्रस्ताव लगेर असफलताको बाटोमा हिँड्नुभन्दा सबै राजनतिक पार्टीहरुले सहझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

संविधान संशोधनका बारेमा विकल्पहरु प्रस्तुत गर्दै नेता रायमाझीले भने, मिल्छ भने ‘दलहरुवीच समझदारी गरेर मिल्ने विषयहरुमा संशोधन गरौँ, यदि सहमति जुट्दैन भने सबैले संशोधनमा हायौँ र पास नभए त्यही एजेण्डा बोकेर निर्वाचनमा हिँड्नुस् । र, दुई तिहाइ बहुमत ल्याएर संशोधन गरे हुन्छ ।’

यस्तै समस्या नै नभएको ५ नम्बर प्रदेशलाई नचलाउन समेत उनले सरकारलाई चेतावनी दिएका छन् । उनले प्रचण्डलाई सचेत गराउँदै भने- ‘कतिपय नेताको ध्यान संविधान कार्यान्वयनमा भन्दा ५ नम्बर प्रदेशतिर गएको छ, उनले भने ‘जहाँ विवाद छैन, विवाद नभएको ठाउँमा गएर विवाद हाल्दिनुभएन । भूइँको टिप्छु भन्दा पोल्टाको पोखिन्छ, त्यतातिर ध्यान दिनुस् ।’

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...