दमन भए स्वतः युद्ध हुन्छ - प्रकाण्ड

  • जन्मदेव जैसी
  • कालिकोट, १४ मंसीर।


नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले देशमा एकपल्ट अन्तिम युद्ध हुने बताएका छन् । 

कालिकोटको सदरमुकाम मान्मामा मंगलबार आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले आफ्नो पार्टीले क्रान्ति गर्दा दलाल सरकारले दमन गर्ने र एकपल्ट अन्तिम युद्ध हुने विचार व्यक्त गरे ।

“हामी २१ शताब्दीको क्रान्ति एकीकृत जनक्रान्तिमार्फत गर्न चाहान्छौं, दमन भएमा स्वतः युद्ध हुन्छ,” उनले भने । विगतमा जनयुद्धले स्थापित गरेका मुल्य र मान्यता जनपक्षीय भएपनि जनयुद्ध विरोधीले जनता र जनताबीचको युद्धको रुपमा ब्याख्या गर्ने र दुरुपयोग गर्न खोज्दा धेरै क्षति भएको उनको दावी थियो ।

नेकपा (माओवादी)को जन्मसँगै जनविरोधीहरु अत्तालिएको र जनतालाई ठग्नेहरु विस्तारै डराएर जनताका मुद्धाविरुद्ध बोल्ने अन्तिम प्रयास गरिरहेको प्रवक्ताको धारणा थ्रियो । “जनजिविकाका मुद्धा उठाउँदा दलाल सरकारले दमन गर्छ गिरफ्तार गर्छ भने जनताले प्रतिरोध गर्छन् अनि राज्यले दमन गर्छ र पुनः प्रतिरोध गर्दा युद्ध हुन्छ,” उनले भने ।

जनताले युद्ध नचाएपनि दलाल सरकारकै कारण यो मुलुकमा अन्तिम युद्ध भइछाड्ने प्रकाण्डको दावी थियो । त्यसका लागि तयार रहन अपिल गर्दै प्रकाण्डले आवश्यक परे नेतृत्वबाटै बलिदानी दिन पनि आफू तयार भएको प्रतिवद्धता व्यक्त गरे । गाउँमा हुने कुसंस्कारका विरुद्ध जनताले अन्तिम लडाई लड्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...